नेपाल रेडक्रस सोसाइटी कोहलपुरको १७ औं बार्षिक उप–शाखा सभा सम्पन्न

पिपलबाेट संवाददाता


नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको १७औँ बार्षिक उप–शाखा सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति गोर्बधन सिंह सम्झनाले भने नेपाल रेडक्रस भनेको यस्तो संस्था हो जसले मुलुकमा हुने दैविक प्रकोपको समयमा सरकार भन्दा पनि सवै भन्दा पहिला पुग्न सक्ने सामाजिक संस्थाहो यसले समाजमा गरेको सहयोगलाई जनताले बुझेको वताए । रेडक्रस सोसाइटी उप शाखा कोहलपुर अन्य उपशाखा भन्दा ठुलो उप शाखा र धेरै काम गर्ने उप शाखाको रुपमा रहेको वताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले नेपाल रेडक्रस सोसाइटीले ले समाजमा समाजिक कार्यमा अग्र स्थानमा रहेर काम गदै आएको वताए । यस शाखाले ब्लड बैंक स्थापना एम्बुलेन्स तथा शव वहान खरीदको लागी सवै क्षेत्रले सहयोग गर्नु पर्ने वताए ।यस्तै कार्यक्रमका विशिष्ट अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर रेडक्रस सोसाइटीले विभिन्न दैविक विपतको समयमा समयमा आफुहरुले संगै काम गरेको वताए । कोहलपुरमा कोभिड १९को समयमा कोहलपुर रेडक्रसले जनाताको सहयोगको लागी कोहलपुर उद्योग बाणिज्य संघ सहकार्य गरेर कोभिडको समयमा एम्वुलेन्स संचालन गरेर यस क्षेत्रका जनताहरुलाई अस्पताल सम्म पु¥याएर जनतालाई ठुलो सहयोग


गरेको वताए । आ.ब. २०७७\०७८ को वार्षिक प्रतिवेदन तथा २०७९/०८० को प्रस्तावित कर्याक्रम संस्थाका सचिव संजय कुमार पन्त गरेका थिए । भने २०७७/०७८ को र २०७९/०८० को अनुमानित आय.ब्यय विवरण कोषध्यक्ष बासुदेव उपाध्याय गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गौरा भट्टराईले गरेकी थिईन् । कार्यक्रमका सभापति नेपाल रेडक्रस सोसाइटी उप शाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेलले कोहलपुर

रेडक्रसलाई यो स्थानमा प¥याउन सहयोग गर्ने सम्पुर्णलाई सहयोग को लागी धन्यवाद दिएका थिए । यस्तै गौडेले आगामी दिनमा पनि कोहलपुर रेडक्रस सोसाइटीले समाजमा रहेको सवै निकायहरुको सहयोगमा समाजिक कार्य गर्दै अगाडि वढ्ने वताए । कोहलपुर रेडक्रसले निकट भविष्यमा आफ्नै व्लड बैंक संचालन गर्नको लागी सवै क्षेत्रलाई सहयोग गर्ने समेत आग्रह गरे । उक्त वार्षिक साधारण सभाको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उप शाखा प्रमुख लाल वहादुर रानाले संचालन गरेका थिए ।

२४ पुष २०७८ मा प्रकाशित
Nabintech