एमाले बाँकेको अधिवेशनमा नेतृत्व चयन गर्दा विवाद

पिपलबाेट संवाददाता


नेकपा एमाले बाँकेको आठौं जिल्ला अधिवेशनमा नेतृत्व चयन प्रक्रिया लम्बिएको छ । अधिवेशनमा अध्यक्ष मण्डलले जिल्ला सुरुमा पदाधिकारीको नाम प्रस्ताव गरेपछि असहमती जनाउँदै केहीले उम्मेदवारी दिएपछि प्रक्रिया लम्बिएको
हो ।

एमालेका केन्द्रिय सदस्यहरु सुर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा अध्यक्ष मण्डलमा छन् । अध्यक्ष मण्डलले एमाले बाँकेको अध्यक्षका लागि किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री र उपसचिवमा दिपककुमार बर्मा तथा भुमिसरा धितालको नाम प्रस्ताव गरेपछि अन्य आकांक्षीले असहमती जनाएका छन् ।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष समेत रहेका अध्यक्ष पदका आकांक्षी निरक गुरुङ, उपाध्यक्षका आकांक्षी घननाथ खनाल र सचिवका आकांक्षी बलराम भट्टराई लगायतले अध्यक्ष मण्डलको उक्त प्रस्तावमा ठाडैं असहमती जनाउँदै उम्मेदवारी दर्ता गराइसकेका छन् ।

‘माथीबाट केपी बाको ठाडो निर्देशन छ, उहाँको निर्देशन अनुसार नै अध्यक्ष मण्डलले नामहरु प्रस्ताव गरेको हो,’ एक नेताले भने । ब्यक्तिको इच्छा अनुसार पद बाडफाँट गर्दा पार्टीभित्र नराम्रो संस्कार बस्ने एमाले नेताहरु बताउँछन् । सहमतिका लागि प्रयास जारी रहेको बताइएको छ ।

२४ पुष २०७८ मा प्रकाशित
Nabintech