बाँकेमा बाघले फेरि आक्रमण गर्यो, महिलाको मृत्यु

पिपलबाेट संवाददाता


बाँकेको राप्तीपारी बाघको आक्रमणबाट फेरि एक जना महिलाको मृत्यु भएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको हो।
विहान साढे १० बजेको सदाबहार सामुदायिक वनमा दाउरा काट्न गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको प्रहरीचौकी फत्तेपुरका इन्चार्ज यज्ञबहादुर खत्रीले
जानकारी दिए। घटनास्थलको मुचुल्का गरेर भेरी अस्पतालमा पोष्टमार्टमका लागि शव पठाउने तयारी भएको इन्चार्ज खत्रीले बताए ।
यसअघि गत बिहीबार मात्र बाघको आक्रमणबाट राप्तीसोनारी ४ प्रसहवाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।
त्यस्तै, शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए। तर, बाघले एउटा बाख्रा मारेको थियो। राप्तीसोनारीमै बुधबार पनि जंगलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० वर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन् ।
हालसम्म बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र
नरैनापुरमा ४ जनाको ज्यान लिइसकेको छ । यी घटनाहरु दोहोरिरहेपछि राप्तीसोनारीमा त्रास बढेको
छ । बाँके राष्ट्रिय निकुञ्जले बाघ देखि जनतालाई सुरक्षित गर्न नसकेमा स्थानियहरुले बाघ मार्न पछि नपर्ने सम्मको आक्रोस व्यक्त गरेका छन् ।
यसरी पटक पटक निकुञ्जको कोर एरिया भन्दा बाहिर बाघले मान्छे मार्न लागेपछि निकुञ्ज ले आफुनो कोर
एरियामा तारजाली लगाउनु पर्ने स्थानिय बासिन्दाहरुको माग रहेको
छ । यस तर्फ निकुञ्ज केहि बोलेको छैन् । यसरी बाघले दिनहु मानिसलाई आक्रमन गर्ने थाले पछि स्थानिय सरकारले सवै गाउ पालिका बासीलाई जंगल नजान आग्रह गरेको छ ।

२४ पुष २०७८ मा प्रकाशित
Nabintech