गनापुरबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

पिपलबाेट संवाददाता


बाँकेको गनापुरबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोसहित पक्राउ गरेको हो ।

आईतबार दिउँसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको कोहलपुरका डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो ।

पेस्तोलसहित पक्राउ परेका कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बाँके प्रहरीले पुष ६ गतेदेखि अहिलेसम्म १० थान हतियार बरामद गरेको छ ।

यस्तै ५५ राउण्ड गोली समेत बरामद गरेको छ । भरुवा बन्दुक ४ थान, पेस्तोल ३, दुई नाले बारबोर , भरुवा बन्दुकको नाल, लाइफ बुलेट, सट्गनलगायतका हातहतियार बरामद गरेको हो ।

२५ पुष २०७८ मा प्रकाशित
Nabintech