कांग्रेस नेताहरुले भने-‘पार्टीलाई मजबुत बनाउन लागौं’

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका नेताहरुले पार्टीलाई मजबुत बनाउन लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमिति बाँकेले  कोहलपुरमा नवनिर्वाचित सहमहामन्त्री, केन्द्रिय सदस्य तथा राष्ट्रियसभाका उम्मेदवारलाई स्वागत, सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले स्थानीय तहको चुनावमा पार्टीलाई जिताउन सबै क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमलाई केन्द्रिय सदस्यहरु डा.गोपाल दहित, सञ्जय गौतम, मैकुलाल बाल्मिकी र जावेदा खातुन जागाले सम्बोधन गर्दै पार्टीको आन्तरिक चुनावमा भएका प्रतिष्र्धालाई भुलेर अब पार्टीलाई एक नम्बर बनाउन एकताबद्ध भएर लाग्नुपर्ने बताए । तीनै तहका निर्वाचनमा सफलता हासिल गर्न गाउँगाउँमा केन्द्रित हुन उनीहरुले आह्वान गरे ।

कार्यक्रमलाई बाँकेकी पार्टी सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, संविधानसभा सदस्य बादशाह कुर्मी, नेता नारायण गौडेल, कोहलपुरकी उपमेयर सञ्जुकुमारी चौधरी, क्षेत्र नम्बर १ का पूर्व क्षेत्रीय सभापति माधवराम खत्री, प्रदेश १ ‘ख’ का सभापति बलराम शर्मा र नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लले पनि सम्बोधन गरेका थिए ।

नगर सभापति विरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रममा नगर सचिव बालकुमार शर्माले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

२९ पुष २०७८ मा प्रकाशित
Nabintech