सहकारी संस्था लि साधारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


सहकारी संस्था लि.(साझा)को २२औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले कोहलपुरको पुरानो र वढि शेयर सदस्य भएको संस्थाको रुपमा यो सहकारी रहेको वताए ।

रावतले भने यस संस्थाका धेरै शेयर सदस्य किसानहरु भएकाले यसको महत्व पनि वढि रहेको वताए । संस्थाले किसानहरुलाई सहुलियत तरले मल बिउ बिजन उपलव्ध गराउदै आएको को भएतापनि यसले अव आगामि दिनमा कृषि उत्पादन तथा कलेक्सन तिर पनि अगाडि बढ्नु पर्ने वताए ।

कार्यक्रम जिल्ला सहकारी संघका उपध्यक्ष मिना सिग्देले सहकारीहरुले अहिलेको अवस्थामा बैंकहरुले लगानि गर्ने नसकेको तरल अवस्थामा किसान र साना व्यावसायीहरुलाई सहकारी हरुले लगानी गर्न सकेको वताईन । अहिलेको अवस्थामा बैंकले ऋण लगानि गर्ने नसकेको अवस्था अहिले समाजमा रहेको छ । तर सहकारीहरुले चाही आफ्ना शेयर धनीहरुलाई लगानि गर्ने छाडेका छैनन् उनले भनिन् । कार्यक्रमा राष्ट्रिय सहकारी बैंक कोहलपुरका प्रतिनिधि प्रकाश कार्कीले सहकारी भनेको जनतालाई सहज रुपमा सहजिकरण गर्ने सक्ने संस्था भएको वताए । सहकारीहरुले धेरै सहज रुपमा सेवा दिदै आएको वताए । कार्यक्रमा संस्थाका अध्यक्ष पारसनाथ थारुले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेका थिए । यस्तै संस्थाका व्यवस्थापक जुल्फीकार अलिले आगामि आर्थिक वर्ष ०७८÷०७९सालको अनुमानित वजेट पेस गरेका थिए भने लेखा संयोजक काली वहादुर ओलीले लेखा प्रतिवेदन पेस गरेका थिए । कार्यक्रममा स्वगत मन्तव्य संस्थाका सदस्य डम्वर बहादुर खड्काले गरेका थिए ।

२९ पुष २०७८ मा प्रकाशित
Nabintech