“सहकारी, सहकार्य र एकता रारा बिजयको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोहलपुर ११बाँँकेको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले आफनो वार्षिक साधारण सभाको समयमा एक दिने स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत गरेको थियो । शिविरमा रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लि.का शेयर सदस्यहरुको सुगर ,प्रेसर र दाँतको परिक्षण गरिएको थियो । कार्यक्रमा २१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख लुट वहादुर रावतले कोहलपुर नगरपालिकामा रहेका धेरै सहकारी संस्थाहरु भएतापनि सवै सहकारीहरुले वचत गर्ने र ऋण लगानी गरेर मात्र सहकारीहरुको विकास नहुने वताए । सहकारीले समाजमा समुह गत लगानी गरेर समुदायलाई आत्म निभर गराउन लाग्नु पर्ने वताए । अहिले कोहलपुरको वजारमा छिमेकी मुलुक वाट तरकारी देखि दैनिक उपभोक्य समाग्रीहरु आउने गरेको छ ।
यसलाई रोक्नको लागी कोहलपुरका बहुउद्देश्य सहकारी संस्थाहरु लाग्नु पर्ने वताए । कोहलपुर नगरपालिका अहिले च्याउ उत्पादनमा अत्मनिभर भएको वताए ।कार्यक्रमका विशिष्ट अतिथि बैजनाथ गाउ पालिकाका अध्यक्ष मान बहादुर रुचालले रारा विजय बहुउद्देश्यीय सहकारी संस्थाले अन्य सहकारी भन्दा फरक किसिमवाट काम गर्दै आएको वताए ।सहकारी वचत लिने र ऋण लगानी गर्ने भन्दा फरक काम उत्पादन तिर पनि लागेकोमा सहकारीलाई बधाई समेत दिएका
थिए । उनले भने रारा विजय बहुउद्देश्यीय सहकारी संस्थाले गरेको राम्रा कार्यलाई अन्य सहकारीहरुले पनि सिक्नु पर्ने वताए ।
कार्यक्रमा अतिथि लुम्विनी प्रदेश सहकारी संघका उपाध्यक्ष एकता शाह , ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनाल , नेपाली काँग्रेस कोहलपुर नगर सभापति विरेन्द्र शाह , बैजनाथ गाँउ पालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा लगाएतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सभापतित्व रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष बसन्ती सिंह ठकुरीले गरेकी थिईन् ।