“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ” भन्ने नाराका साथ बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.कोहलपुरको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा वाट अध्यक्ष , कोषाध्यक्ष र लेखा योजकलगायतका प्रतिवेदनहरु पेस गरेका थिए ।
साधारण सभाले जेष्ठ नागरिक , एकल महिला ,समुह संयोजक , नियमित वचत ,बाल वचत , ऋणि लागाएलाई सम्मान गरेका थिए । जेष्ठ नागरिकमा जमुना घर्ती ,शिवधरी पौडेल , तिर्था अधिकारी , गंगा वुढाथोकी लाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएका थियो । यस्तै एकल महिलामा दिल कुमारी शाही र सौरी गिरी ,समुह संयोजकमा यम कुमारी शाही र प्रमिला खत्री नियमित वचतमा कृष्ण शर्मा असल ऋणीमा विमला राई सम्मान गरिएका थियो । वाल वचतमा एलिसा चौधरी , शुगम शर्मा र करिष्मा मल्ललाई नगद एक हजार र प्रमाण पत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीहरु भनेका आर्थिक अवस्था कम भएका जनताका सहयोगी हातहरु भएको वताए । सवै सहकारीहरुले आफ्नो वार्षिक साधारण सभा शेयर सदस्यहरुको उपस्थितिमा गर्ने भएकाले सहकारीले आफ्नो हिसाव किताव पारर्दशी गरेको देखिन्छ । बाकेका सहकारीहरु पनि बैंक जस्तै गरेर संचालन हुन थालेको वताए । बिशिष्ट अतिथि जिल्ला वचत तथा ऋण सहकारी संघ बाँकेका उपाध्यक्ष शुशिला पन्तले सहकारीहरु कोरोनाको मारमा परेको वताईन । यसका लागी तिनैतहका सरकारले सहकारीहरुलाई सहयोग गर्नु पर्ने वताईन् ।बिशिष्ट अतिथि बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय उपाध्यक्ष ,
धनकुमारी आले ,बसोवास बस्ती संरक्षण समाजका केन्द्रीय सचिव रेशम गिरी , अतिथिमा ज्ञानदियो बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष नारायणी घिमिरे , बसोवास बस्ती संरक्षण समाज बाँके सचिव लाल वहादुर राना , लुमन्ति आवासको लागी सहयोग समुहका कार्यक्रम अधिकृत लाल वहादुर बुढाथोकी , नेपाल महिला एकता समाज बाँकेकी गंगा चन्द लागाएतले शुभकामना मन्तव्य राख्यका थिए ।संस्थाले आर्थिक वर्ष ०७७÷०७८मा ९करोड ८७लाख ४० हजार २सय
७३ रुपैया आर्थिक कारोवार गरेको संस्थाका प्रमुख व्यस्थापक ओमजंग शाहीले वताए । अर्थिक वर्ष ०७६/०७७ मा संस्थाको शेयर पँुजी १करोड १५ लाख ९७ हजार वाट थप भई आर्थिक वर्ष ०७७/०७८मा १ करोड २५लाख ७४हजार ६सय भएको छ । संस्थाले निक्षेप संकलन आर्थिक वर्ष ०७७/०७८मा ४ करोड ६८लाख ५३हजार ८सय २३ रुपैया संकलन गर्न सफल भएको छ । यस्तै संस्थाले कर्जा लगानी तर्फ आर्थिक वर्ष ०७७/०७८ मा ७करोड ६६लाख ९८हजार ७सय ९६ रुपैया ऋण लगानि गरेको संस्थाका प्रमुख व्यस्थापक ओमजंग शाहीले जानकरी दिएका छन् । साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष गिता वलीको सभापतित्वमा भएको थियो । कार्यक्रम संस्थाकी सचिव केश कुमारी वलीले संचालन गरेकी थिईन भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष आसा घती मगरले
गरेकी थिईन ।