नेपालगन्ज उपमहानगरपालिकाले सरकारी आदेश विपरित नगर सभा संचालन गदैं

पिपलबाेट संवाददाता


नेपालगन्ज उपमाहानरपालिकाले सरकारको निर्णय उलङघन गरेको छ । उप महानरपालिकाले बाँके जिल्ला प्रशासनले मिति २०७८/०९/२७ गतेको सूचना अनुसार सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुने गरेर कार्यक्रम गर्न नपाउने सूचना सार्वजनिक गरेको थियो त्यसको ठिक विपरित महानगर पालिकाले आफनो १०औं नगरसभा आज नेपालगन्जमा गर्न आगेको हो ।

 

नेपालगन्ज पहिलो र दोस्रो कोरोना महामारीमा सवै भन्दा वढि कोरोना महामारीमा परेको ठाँउ हो । नगरपालिकाले नै प्रशासनको आदेश उलङघन गरेका आम सर्व साधारणले उलङघन गर्न पछि नपर्ने देखिन्छ । बाँके जिल्ला प्रशासनले मिति २०७८/०९/२७ गतेको सूचना अनुसार सार्वजनिक स्थालमा सवै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनि सामाजिक एंव त्यही प्रकृतिको कार्यक्रम तथा मेला ,भेला,महोत्सवहरु आयोजना नगर्ने ।,सार्वजनिक स्थानहरुमा (कार्यालय ,होटल,रेष्टुरेण्ट,सिनेमाहल, रंगशाला ,हवाई यात्रा,पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्य (मोवाईल फोटो भएपनि हुने) साथमा राखे र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेस दिने व्यवस्था मिलाउने ।

यो व्यवस्था माघ ७ गते देखि लागु हुनेछ । सर्वजनिक यातायात संचालनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने ।, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाईजर राख्न र प्रयोगको व्यवस्था मिलाउनु पर्ने छ । बाँके भरीका सवै विद्यालयहरु कोरोनाका कारण माघ १५ गते सम्मका लागी विदा दिईएको छ । तर उप महानगरपालिका ले भने सरकारले गरेको निर्णयको ठाडो उलङघन गरेर नगर सभा संचालन गरेको छ । यस्तै यस विषमा बाकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले उपमहानरपालिकाले सवै कुरा बुझेर नबुझेको जस्तो गरेमा र हुन सक्ने जोखिमलाई ख्याल नगरेर सभा गरेमा त्यसको सवै दोष उपमहानगर पालिकाको हुने वताए ।

२ माघ २०७८ मा प्रकाशित
Nabintech