जिल्ला ट्रफिक प्रहरीद्धारा बटुवा र चालक सह चालकलाई माक्स वितरण

पिपलबाेट संवाददाता


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको ले सडक वटुवा र रिक्सा चालकलाई माक्स वितरण गरेका छन् ।

कोरोनाको तेस्रो भेरियन्टलाई मध्य नजर गरेर ट्रफिकले कार्यालय कोहलपुरले माक्स नलगाएका बटुवहरुलाई नेपालगन्ज महानगरपालिका वडा नंं.१ धम्वोजीमा पैदल यात्रीहरुलाई माक्स वितरण गर्दै जिल्ला ट्रफिक कार्यालय कोहलपुर बाँकेका प्रमुख हिमाल शाहले जनताहरुलाई कोरोनाको महामारी वाट बच्नको लागी बाटोमा हिड्दा र सवारी साधन चलाउदा नियमित माक्स लगाउनु पर्ने भन्दै उनले पहिलो चरणको लागी आफैले माक्स दिएको वताए ।

यता जिल्ला प्रशासन कार्यालय बाँकेले पनि माक्स लगाउन र कोरोनाको महामारीवाट बच्नको लागी भिडभाड नगरर्ने आम सर्वसाधारण र विभिन्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । जिल्लामा कुनै पनि ठाउमा सभा सम्मेलन ,मेला महोत्सव , सिनेमा हल संचालन,र विवाह पाटिमा पनि २५ जना भन्दा वढि जमघट नगर्न अनुरोध समेत गरेको छ । जिल्ला ट्रफिकले तपाईको माक्स खाई ? भन्ने नाराका साथ माक्स वितरण गरेको थियो । बाँके जिल्ला पनि दिन प्रतिदिन कोरोनाको महामारी वढदै गएको छ । यसवाट वच्नको लागी माक्सको प्रयोग गर्न आम सवैलाई
अनुरोध समेत शाहले गरे

४ माघ २०७८ मा प्रकाशित
Nabintech