बाँके जिल्ला प्रशासनको आदेश स्थानिय सरकारले टेरेनन्

पिपलबाेट संवाददाता


बाजारमा मानिसको ओहोदर दोहोर चलिरहेको छ । न मास्क लगाएका छन् । न भौतिक दूरी कायम गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा जनस्वास्थ्यको मापदण्ड पालनामा लापरवाही गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको आदेशको स्थानिय सरकारहरुले सुने नसुने जस्तो गरेर नगर सभा ,गाँउ सभा जस्ता कार्य गर्दै आएका छन् । यस्तै नेपालगन्ज उपमहानगरपालिकाले माघ २ गते १०औं नगर सभा सम्पन्न गरेको छ । नगर सभामा करिव १५०,भन्दा बढि जनप्रतिनिधी र कर्मचारी उपस्थिती रहेका थिए । यस्तै कोहलपुर नगरपालिकाले पनि माघ ५ गते बुधबार आफ्नो नगर सभा संचालन गरेको छ । कोहलपुर नगरपालिकाले सो दिन गरेका एन्टीजेन परिक्षणवाट करिव १३ जना कर्मचारी र जनप्रतिनिधीहरु लाई कोरोना पोजेटिभ देखिएको थियो । तर पनि नगरपालिकाले आफ्नो नगर सभा भने संचालन ग¥यो । यस्तै ननैनापुर गाँउ पालिकाले पालिकाका कर्मचारीहरु लाई कोरोना पोजेटिभ देखिएपछि कार्यालय केहि दिनको लागी बन्द गरेको छ । सरकारले २५ जना भन्दा बढीको भिडभाड निषेध गरेको छ । अनिवार्य जनस्वास्थ्यको मापदण्ड पालना गर्न अपिल गरेको छ । तर, स्थानिय सरकारहरुले त्यसको पालना गरेका छैनन् । जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोरोना भाइरसको जोखिमबाट बच्न सकिने देखिन्छ । ‘सरकारले मापदण्ड जारी गरेको छ । त्यो मापदण्ड इमानदारीपूर्वक पालना हुनुपर्छ’, ।स्थानीय सरकारले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नागरिकहरुलाई अपिल गर्नुको साटो आफै भेला गर्दै गएकाले जोखिम बढ्ने देखिन्छ । तीव्रगतिमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा त्यसबाट जोगिनका लागि सजकता अपनाउन अपिल गरिएको जिल्ला प्रशासन कार्यालयका निमित प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । सरकारले सबैसँग अपिल गरेको छ । लापरबाही र हेलचक्र्याइँ कतैबाट नहोस्’ उनले भने, ‘हामी भविष्यमा आउन सक्ने विपत्तिको सामना गर्नेगरी अघि बढेका छौँ ।’ बाँके जिल्ला प्रशासनले मिति २०७८/०९/२७ गतेको सूचना अनुसार सार्वजनिक स्थालमा सवै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनि सामाजिक एंव त्यही प्रकृतिको कार्यक्रम तथा मेला ,भेला , महोत्सवहरु  आयोजना नगर्ने ।,सार्वजनिक स्थानहरुमा (कार्यालय ,होटल,रेष्टुरेण्ट,सिनेमाहल, रंगशाला ,हवाई यात्रा,पार्क आदी) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्य (मोवाईल फोटो भएपनि हुने) साथमा राखे र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेस दिने व्यवस्था मिलाउने ।  यो व्यवस्था माघ ७ गते देखि लागु हुनेछ । सर्वजनिक यातायात संचालनमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाईने ।, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाईजर राख्न र प्रयोगको व्यवस्था मिलाउनु पर्ने छ । बाँके भरीका सवै विद्यालयहरु कोरोनाका कारण माघ १५ गते सम्मका लागी विदा दिईएको छ ।

५ माघ २०७८ मा प्रकाशित
Nabintech