चार बर्ष कर्मचारी भर्तीकेन्द्रको रुपमा विकास भयो कोहलपुर नगरपालिका

दुई माली ,पाँच कुचिकार कर्मचारी भएतापनि दैनिक ज्यालादारीवाटै सडक सफाईको काम गराउदै


पिपलबाेट संवाददाता


“हरित संगमस्थल हाम्रो शहर,सुन्दर समृद्ध कोहलपुर नगर ” नाराका साथ कोहलपुर नगरपालिकाको नवौं नगर सभाबाट आर्थिक वर्ष २०७८/०७९ वार्षिक नीति , बजेट तथा कार्यक्रम पारित भएको छ ।कोहलपुर पालिकाले नारा भन्दा फरक तरिकाले कार्य गर्दै आएको छ । कोहलपुर नगरपालिकामा जन प्रतिनिधि निर्वाचित भएर आएको पहिलो बार्षिक २०७४/०७५ नीति तथा कार्यक्रममा “हामी सवैको चाहाना सफा, सुन्दर , सुरक्षित, समृद्ध, सवाल र सक्षम नमूना सिटिको कामना ”भने नाराका साथ नगरपालिकामा प्रवेश गरेका जनतावाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना आफ्न्ती ,नाता गोता , नजिकका कार्यकर्ता भर्ती केन्द्रको रुपमा कोहलपुर नगर पालिकालाई विकास गर्दैै लगेको देखिन्छ । यसकै उदाहरणहो कोहलपुर नगरपालिकामा हाल २४२ कर्मचारी रहेका छन् जनमा स्थायी कर्मचारी ११८ जना रहेका छन् । करार कर्मचारी १०७ जना,अस्थायी १जना रहेका छन् भने ज्यालदारी ९ जना रहेका छन् । यी वाहेक सेवा प्रदायक संस्था मार्फत कोहलपुर नगर प्रहरीका नाममा  सेक्युरीटि गार्ड भाडामा राखिएका ७ जना रहेका छन् । यस्तै एक गैर
सरकारी संस्थासंग सम्झौता गरेर १६ जना हेल्पडेक्सका नाममा कर्मचारी राखिएको छ । यसरी कर्मचारी भत्तिकेन्द्रको रुपमा कोहलपुरनगर पालिकाको विकास भएको देखिन्छ । कोहलपुर नगरपालिकामा कार्यालय सहयोगी ५० जना रहेको नगर पालिकाको आर्थिक वर्ष २०७८÷०७९को बार्षिक नीति , बजेट तथा कार्यक्रम पुस्तक वाट देखिन्छ । कोहलपुर नगरपालिकामा कुनै ठाँउमा त्यस्तो फुलबारी रहेको देखिदैन तर पनि नगरपालिकाले आफन्ती भर्नाको नाममा २जना माली समेत राख्यको देखिन्छ । माली भएतापनि कोहलपुर नेपालगन्ज सडक खण्ड कोहलपुर चौराहा देखि बाबानगर
्सम्म सरसफाई गर्नको लागी कोहलपुर नगरपालिका बातावरण शाखाले दैनिक ५जनालाई करिव ४५ दिन सम्म दैनिक ५७७ रुपैयाका दरले दैनिक ज्यालादारीमा काममा लगाएको शाखा प्रमुख पुरुषोत्तम पोखरेलले वताए । यसरी कर्मचारी भर्ना गर्ने तर खर्च अर्को वाटो वाट गर्ने नमुना नगरपालिका बन्दै छ कोहलपुर नगरपालिका । यस्तै कोहलपुर नगरपालिकाले ५जना कुचिकार १जना स्वीपर पनि राखेको किताव वाट जानकारी भएको छ । यता कोहलपुर वजारमा सरसफाई गरे वाफत प्रति सटर मासिक १५०देखि १५०० सम्म जटायू रिसाईकल्स प्रा.लि.लाई दिने गरेको व्यापारीहरुले वताउछन् । कोहलपुर नगरपालिकाले मेलमिलाप संयोजक २ जना,समाजिक परिचालक २ जना जनही मार्षिक २२,५०० /–दिने गरेर राखेको छ । यसरी जनताले तिरको करवाट कर्मचारी भर्ती केन्द्रको रुपमा कार्यगरेको पुस्तकवाट प्रस्ट देखिन्छ । कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु पटक सरुवा हुनुको मुख्य कारणमा कर्मचारी भर्ना पनि एक भएको श्रोतले दावि गरेको छ । कोहलपुर नगरपालिकाले विभिन्न वाहानाको नाममा सार्वजनिक सुनुवाई समेत गरेको पाईदैन् । कोहलपुर नगरपालिकाले चार वर्ष सम्म लेखा समिति सम्म नवनाएर समय विताएको देखिन्छ ।यस्तै कोहलपुर गरपालिकाले नगर प्रमुख ,नगर उपप्रमुखका स्वकिय सचिवहरु, प्रेस सल्हाकार र कानूनी सल्हाकार नियूक्ति गैर कानूनी रुपमा राखेको महालेखा परिक्षणको प्रतिवेदन देखाएको छ । महालेखा परिक्षकको प्रतिवेदनले उनिहरुले खाईपाई आएको तलव भत्ता बेरुजु देखिएको थियो । उक्त रकम हाल सम्म नगरपालिकाले असुल उपर गरेको सार्वजनिक देखिदैन् ।

८ माघ २०७८ मा प्रकाशित
Nabintech