राष्ट्रिय सभा सदस्यमा लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी

पिपलबाेट संवाददाता


राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट सत्तागठबन्धनका तिन जना उम्मेदवारहरुको विजयी भएका छन् । निर्वाचनका लागी दाङको घोराहीको कर्मचारी मिलन केन्द्र भवनमा बुधवार मतदान भएको थियो । लुम्बिनी प्रदेशबाट तिन जना राष्ट्रिय सभा सदस्यका लागी भएको मतदानबाट महिला सदस्यतर्फ सत्तागबन्धन दल नेकपा एकिकृत समाजवादीको तर्फबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे निर्वाचित हुनु भएको छ ।उहाले चार हजार तिन सय ७४ मतभार प्राप्त गरी विजयी हुनु भएको हो भने प्रतिद्धन्द्धी प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट बाँकेका भारती उपाध्यय खनालले तिन हजार तिन सय चौध मतभार प्राप्त गर्नुभएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

यस्तैगरी दलिततर्फ सत्तागठबन्धन दल जनमोर्चाको तर्फबाट रुपन्देहीका तुल प्रसाद विश्वकर्माले चार हजार तिन सय छेपन्न मतभार प्राप्त गरी विजयी हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी एमालेको तर्फबाट गुल्मीका कृष्ण सुनारले ३३४८ मतभार प्राप्त गर्नुभएको छ ।निर्वाचन अधिकारी भट्टराईका अनुसार अन्य समुदाय तर्फ सत्तारुढ दल कांग्रेसबाट बाँकेका युवराज शर्माले ४३४४ मतभार प्राप्त गरी निर्वाचित हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी एमालेको तर्फबाट दाङका रामदयाल गुप्ताले ३३७८ मतभार प्राप्त गरी पराजित हुनु भएको छ । यद्यपी निर्वाचन अधिकृतले निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी रहेको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानिय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मतदान गरेका थिए । मतदानका लागी प्रदेश सांसद र स्थानिय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र बनाईएको थियो । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट एमालेका कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार बर्षे कार्यकाल आगामी फागुनमा सकिदैछ ।

१२ माघ २०७८ मा प्रकाशित
Nabintech