कोहलपुर नगरपालिकाको सहयोगमा ईलाका प्रहरीले वनायो महिला हिरासत

पिपलबाेट संवाददाता


ईलाका प्रहरी कार्यालय कोहलपुरको नवनिर्मित महिला हिरासतको विधिवत उद्घाटन भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मेयर रावतले कोहलपुर ईलाका प्रहरी कार्यालय जिल्लाको भन्दा वढि मुद्धाहरुको चाप रहेको ईलाका भएको वताए । यस कारण कोहलपुरमा धेरै थुनुवाहरु हुने गरेको  रावतले वताए । यसरी सानो थुनुवा घर भएकाले थुनुवाहरुलाई राख्न समेत समस्या भएकाले कोहलपुर नगरपालिकाले १६ लाख आर्थिक सहयोग गरेर महिला थुनुवाहरुको लागी हिरासत निर्माण गरिएको रावतले वताए । कोहलपुर ईलाका प्रहरी कार्यालयले तिन वटा स्थानिय निकायहरुको शान्ती सुरक्षा हेर्ने गरेको रावतले वताए । त्यस कारण यस ईलाका प्रहरी कार्यालायलाई सवै स्थानिय निकायले सहयोग गर्नु पर्ने देखिन्छ रावतले भने । अहिले पनि कोहलपुर ईलाकामा आवासको समस्या यथावत रहेको रावतले वताए । यस्तै कार्यक्रमका विशिष्ट अतिर्थि सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले अहिले ईलाका प्रहरी कार्यालयमा थुनुवाहरुको चाप धेरै भएकाले सवै स्थानिय सरकारहरुले पनि सानो सानो सहयोग गरेमा ईलाकाको ठुलो काम हुन सक्ने


वताए । जनताको शान्ती सुरक्षाको लागी प्रहरी रात दिन खट्ने प्रहरीलाई स्थानिय सरकारहरुले सहयोग गरेको देखिदैन ।तर कोहलपुर नगरपालिकाले सहयोग गरेर भवन निर्माण गरिदिएकोमा कोहलपुर नगरपालिकालाई धन्यवाद समेत दिए ।उस्तै कार्यक्रमका समापतित्व गरेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख कृष्ण अधिकारीले कोहलपुर नगरपालिकालाई धन्यवाद दिएका  थिए । प्रहरीलाई सहयोग गरेर प्रहरीको काम गर्ने मनोवल वढाउन सहयोग गरेकोमा कोहलपुर नगरपालिकालई धन्यवाद दिएका थिए । उनले सवै स्थानिय निकार्यहरुलाई आफुले सकेको सहयोग गरेमा शान्ती सुरक्षामा सहजता हुने वताए । प्रहरीहरुका बाँके जिल्ला सिमासंग जोडिएको जिल्ला भएकाले यहा वढि कैदिहरु हुने गरेको वताए । यहा लागुऔषध , अवैध बन्यजन्तु समाग्री ओसार पसारा गर्नेहरु वढिहुने गरेको वताए । अहिले पछिल्लो समय लागुऔषध ओसार पसारमा महिलाहरु वढि भेटिने गरेको अधिकारीले वताए । महिलाहरु कति बुझेर त कती नबुझेर फस्ने गरेको वताए । कार्यक्रममा राप्ती सोनारी गाँउ पालिका प्रमुख लाहुराम थारु , कोहलपुर नगर पालिका उपप्रमुख सञ्जु कुमारी चौधरी ,राप्ती सोनारी गाँउ पालिका उप प्रमुख धनीकुमारी खत्री,र विभिन्न राजनितीक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । ईलाका प्रहरी कार्यलयका कोहलपुरका प्रमुख रविन्द्र खनालले धन्यवाद मन्तव्य दिदै कोहलपुर ईलाका प्रहरी कार्यालयले यहाका सवै जनताको शान्ती सुरक्षा दिदै आएको र यहाका सवै स्थानियहरुको सहयोग हुदै आएको वताए । सवै सहयोग गर्ने हातहरुलाई धन्यवाद दिए । ईलाका प्रहरी कार्यालय कोहलपुरमा थुनुवा राख्न सारै समस्या भएकोहुदा कोहलपुर नगरपालिकाले गरेको सहयोगले अव केहि सहज हुने खनालले वताए । कोहलपुर ईलाका प्रहरी कार्यलयमा अहिले पनि दैनिक ३५देखि ४० जना सरदर थुनुवाहरु आउने गरेको खनालले वताए । कोहलपुर ईलाकामा अहिले पनि प्रहरीहरुको लागी आवस समस्या रहेको जानकारी गराए ।

१४ माघ २०७८ मा प्रकाशित
Nabintech