अफरै अफरका साथ चादनी चोकमा शनिबार खुल्दै गार्डेनमार्ट

पिपलबाेट संवाददाता


गार्डेन मार्ट जाउँ र उद्घाटन विशेष छुट अफरमा सवै रमाउ भन्ने नाराका साथ बाँके जिल्लाको ग्रामीण क्षेत्रमा पहिलो पटक स्थानिय ग्राहकहरुलाई लक्षित गरेर शिवशिखर बहुउद्देश्य सहकारी संस्था मार्फत बाँकेको बैजनाथ गाँउ पालिका वडा नं.८ चादनी चोकमा संचालनमा आउन लागेका ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ ले शनिबार देखि सेवा दिने भएको
छ । करिब १८ करोड लगानीमा सञ्चालन हुँने ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ लागि सम्पूर्ण पूर्वाधार र भौतिक तयारी पूरा भएको शाखा संचालक गीता शर्माले दिईन् ।

 

संचालक शर्माले ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ बाँके जिल्लामा यो दोस्रो खुल्न लागेको वताईन । उनले भनिन् सवै वजार केन्द्रित भएर काम गर्ने गरेता पनि आफुहरुले ग्रामिण क्षेत्रका ग्राहकहरुको सेवा सुविधालाई ध्यान दिएर खोल्यको शर्माले जानकारी दिईन् । चादनी चोकमा संचालनमा आउन लागेको ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ को १६औं शाखाको रुपमा संचालनमा आउन लागेको हो । पछिल्लो समय ग्राहकहरुको रोजाई ‘एकीकृत किनमेल’ तर्फ केन्द्रित भएकाले चाहीएका सबै दैनिक उपभोग्यदेखि सौखिन हुदै अत्यावश्यक सामानहरुसमेत एकै ठाउँमा उपलब्ध गराउन ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ सञ्चालनमा ल्याइएको शर्मा भनाई छ ।

‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’मा विभिन्न समानहरु एउटै ठाँउमा उपलव्ध गराउने उद्देश्यका साथ संचालनमा आएको ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’मा रेडिमेट कपडा, इलेक्टोनिक्स ,बच्चाका खेलाउने , जुत्ता , जाडोका कपडा, बिवाहका समान लगाएतका सवै खालका समानहरु उपलव्ध भएको संचालक समिति सदस्य शर्माले वताईन् । उद्घाटनमा विशेष अफर समेत रहेको छ । ‘गार्डेनमार्ट डीपार्टमेन्ट स्टोर’ले कपडामा ३५प्रतिशत , किचेन समाग्रीमा ५प्रतिशत र जुत्ता चप्पलमा १५ प्रतिशत विशेष अफर समेत रहेको छ ।

 

१४ माघ २०७८ मा प्रकाशित
Nabintech