सल्यानमा चट्याङ लागेर महिलाको मृत्यु

पिपलबाेट संवाददाता


सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगेको छ। चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन।

सल्यानमा बिहीबारदेखि चट्याङ र वर्षा भएको थियो।

कर्णाली प्रदेशका जिल्लाहरूमा आज पनि वर्षा भइरहेको छ। हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएका छन्।

 

२१ माघ २०७८ मा प्रकाशित
Nabintech