कोहलपुर नगरपालिकाले बाडेका सपनाका आसाहरु

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका नेपालको एक सम्भावना बोकेको नगरपालिका हो । कोहलपुर नगरपालिका 
प्रदेश नं.६ र७को प्रवेशद्धारको रुपमा रहेको नगरपालिका हो । यता कोहलपुर नगरपालिका देखि 
१० किलोमिटर नजिक छिमेकी देश भारतको रुपौडिया नाका समेत रहेको छ । कोहलपुर नगरपालिका
धेरै सम्भावना बोकेको नगरपालिका हो ।यस नगरपालिका भित्र नगरविकास समिति पनि रहेको छ । नगर
 विकास समितिले आवास र व्यावसायहरुको लागी विभिन्न किसिमका घडेरीहरु निर्माण गरेर बेचविखन गर्दै 
आएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि पहिलो पटक भएको स्थानिय 
तहको निर्वाचनवाट निर्वाचित जन प्रतिनिधिहरु कोहलपुर नगरपालिकामा आए देखि विभिन्न नारा सहिदका 
निती तथा कार्यक्रम ल्याउने तर कार्यन्वयन भने हुन नसकेको देखिन्छ । 
आर्थिक वर्ष २०७४/०७५को नीति तथा कार्यक्रमा रहेका केहि नारा तथा कार्यक्रमहरु 
१ “एक घर एक सीप रोजगारीको आधार , समृद्ध ः कोहलपुर समाजवादको पूर्वाधार 
२. २०७४ /७५ पूर्वाधार निर्माण वर्ष  
३.जनता आवास कार्यक्रम  
४.क्लिन र हरित सिटी निर्माण 
५.भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता को नीति अवलम्बन
६.उज्यालो कोहलपुर नगर कार्यक्रम 
७.डुवान मुक्त नगर कार्यक्रम
८.“हाम्रो नगर हाम्रो कर समृद्ध वनाउने हाम्रै रहर ”
९.हाम्रा युवा सिर्जनशिल र उद्यमी युवा कार्यक्रम वाट बेरोजगार मुक्त गरिने कार्यक्रम
१०.हाम्रो अभियान स्वच्छ, सुन्दर र हरित कोहलपुर नगर अभियान कार्यक्रम
११.एक घर दुई वाल्टीन कार्यक्रम 
१२.एक घर ५ विरुवा नीति अवलम्वन कार्यक्रम
१३.महिला तथा बाल बालिका पूर्नस्थापना गृह संचालन कार्यक्रम 
१४.बाल मैत्री स्थानिय शासन 
१५.रक्षा समुदायिक वनमा शान्ति पार्क निर्माण ।
१६.मुक्त कमैया बस्तीलाई नमुना बस्तीको रुपमा विकास गरिने ।
१७.कोहलपुर स्वास्थ्य चौकीलाई ५० शैयाको स्वास्थ्य चौकी निर्माण गरिने ।
१८.चप्परगौडी खड्कबार हुदै सल्यानको घुईयाबारी जोड्ने वि.पि राजमार्गलाई पुर्णता दिर्ने ।
१९. आगामी ५ वर्ष भित्र कोहलपुर नगरपालिकालाई देशकै उत्कृष्ट शिक्षा, स्वास्थ्य , पर्यटन सूचना प्रविधि र 
    वातावरण मैत्री नगरपालिकाको रुपमा विकास गरिर्ने , 
२०. सिद्धि विनायक सामुदायिक वन उपभोक्ता समुह संगको सहमतिमा १३ हेक्टर वन क्षेत्रलाई नगर 
    पालिकाको स्वामित्वमा लिई अग्रभागमा आधुनिक सुविधा सम्पन्न सपिङ्ग कम्पलेक्स निर्माण गरिने र बाँकी 
    क्षेत्रलाई पार्क, सरकारी कार्यालयहरु र नगरलाई आवश्यक पर्नै अन्य संरचनाहरु निर्माणका लागि अगाडि 
    वढाउने । 
आर्थिक वर्ष २०७५/०७६को नीति तथा कार्यक्रमा रहेका केहि नारा तथा कार्यक्रमहरु 
१. भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रति जवाफदेही नगर प्रशाासन वनाउन भ्रष्टाचार 
   विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ ।
२.आर्थिक सम्वृद्धि र विकासका लागि आफ्नो टोल आफै बनाउन तथा स्थानीय स्रोत साधनको प्रयोग 
३.नगरवासीलाई समृद्ध नगरका गौरवशाली नागरिकको अनुभुति दिलाईने कार्यक्रम ल्याउने । 
४. गाउँ ब्लक , सुकुम्वासी एवं अब्यवस्थित बसोवासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्न लागि कानून 
   अनुसार कामको थालनी गर्ने ।
५.सहकारी तथा निजी क्षेत्रको सहभागितामा आधारीत आत्मनिर्भर तथा समृद्ध अर्थतन्त्रको निर्माण र विकास 
  गर्दै नगरको समृद्धिका लागि वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी अन्तराष्ट्रिय शहरहरुसंग
  भगिनी सम्वन्धलाई प्रारम्भ गर्ने । 
६.क्लिन र ग्रिन सिटीको रुपमा कोहलपुरको विकास गर्ने ।
७.पशुपालनलाई आधुनिकिकरण र व्यवसायमुखी वनाउदै कोहलपुरलाई खाद्यन्न, तरकारी,मासु , दुध, र
  अण्डा उत्पादनमा आत्मनिर्भर वनाउने ।
८.वडा नं.१३लाई “नगर प्रमुख कृषिआधुनिकरण कार्यक्रम ”संचालन गर्ने । 
९.कृषि सम्वन्धी सूचना प्रदान गर्नकालागी कृषि सूचना केन्द्र स्थापना गर्ने ।
१०.किसानले उल्पादन गरेका समाग्री राख्नको लागी शित भण्डार तथा चिस्यान केन्द्र निर्माण गरिने । 
११.सामुहिक कृषि तथा पशुपालन कार्यलाई प्रोत्साहन गर्ने ।
१२.कोहलपुर नगरपालिका वडा नं. १,२,७,८,१०,१२ र १३ का करिव २५०० घरधुरीका साना किसानहरुका
  लागी साना किसान सुदृढिकरण कार्यक्रम लागु गरिने ।
१३.कोहलपुर नगरपालिका वडा नं.१३को सिमरीमा प्रारङ्गिक मल उत्पादन केन्द्र स्थापना गर्ने ।
१४.स्थानिय समुदायले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुको उचित बजारीकरण गर्नका लागि कोशेली 
   घरको संचालन गर्ने ।
१५.कृषि औजार निर्माण तथा मर्मत केन्द्र स्थापना गर्ने ।
१६.थारु संस्कृतिक सेन्टर स्थापना गर्ने 
१७.रक्षा सामुदायिक वनमा पवित्र धार्मिक स्थल कैलाश मानसरोवरको स्तम्भ सहित अत्याधुनिक बाटोनिक 
   पार्क निर्माण गरि विश्वको सवै भन्दा ठुलो बाघको मुर्ति स्थापना गर्ने ।
१८.वडा नं.३मा रहेको ताललाई फनपार्कको रुपमा विकास गर्ने ।
१९.कोहलपुरमा रहेका सामुदायिक विद्यालयमा एक विद्यालय एक प्राविधिक विषय कार्यक्रम लागु गर्ने ।
२०.“हाम्रो अभियान स्वच्छ ,सुन्दर र हरित कोहलपुर नगर अभियान ”लागुगर्ने ।
२१.कोहलपुर नगरपालिकालाई प्लाष्टिक झोला मुक्त क्षेत्र वनाउने ।
२२.आधुनिक बधशाला निर्माण गरिर्ने ।
२३.कोहलपुर नगरपालिकालाई लैंगिक हिंसामुक्त नगर घोषणा गर्ने ।
२४.कोहलपुर ११मा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई सुविधा सम्पन्न स्टेडियमको रुपमा निर्माण 
   गर्न पहल गर्ने ।
२५.कोहलपुरमा संचारग्रामको स्थापना गर्ने । 
२६.कोहलपुर नगरपालिका वडा नं. ७,८ र १४मा रहेका सामुदायिक वन क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा 
   विकास गर्ने ।
आर्थिक वर्ष २०७६/०७७को नीति तथा कार्यक्रमा रहेका केहि नारा तथा कार्यक्रमहरु 
१. “क्लिन एण्ड ग्रीन सिटी ,समृद्ध र विकसित नगरपालिका”कोे रुपमा विकास गरेर बाह्रय पर्यटनको गन्तव्य
     स्थानको रुपमा विकास गर्ने । 
२.सुखी,खुसी,सभ्य र समृद्ध नागरिकको शहर निर्माण गर्ने ।
३.कोहलपुर शैक्षिक हवको रुपमा विकास गर्ने ।
४.घर –घरमा स्नातक, टोलटोलमा प्राविधिक, वडा वडामा स्वास्थ्यकेन्द्र , बस्तीबस्तीमा जेष्ठ नागरीक क्लव,
  सुविधा सम्पन्न शिशुकेन्द्र खोला किनारा तथा प्रति जमिनमा सार्वजनिक उद्यान एंव शहरी पूर्वाधार सम्पन्न 
  ई–गभर्नेन्स सेवा सहितको सूचना प्रविधिमा आधारित नमूना शहर वनाउने । 
५.“कृषि र पशुपालनबाट स्वरोजगार ,समृद्धि र रोजगारको आधार” कार्यक्रम संचालन गर्ने ।
६.“ नगर प्रमुख युवा कृषि कार्यक्रम ”संचालन गरी ७५ जना युवाहरुलाई स्वरोजगार वनाउने । 
७.नगर क्षेत्र भित्र घुम्ती शौचालय संचालन गर्ने ।
८.कोहलपुर नगरलाई गुट्खा निषेधित क्षेत्रको रुपमा विकास गर्ने ।
९.नगर पालिकाका विपन्न, गर्भवती महिला ,सर्पदंश र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने ।
१०.कोहलपुर नगरपालिका वडा नं.८ गोल्छामा अपाङ्ग बाल अस्पताल तथा पुनसर््थापना केन्द्र निर्माण गर्ने ।
११.एकल महिला ,हिंसा पीडित ,द्रन्द्ध पीडित महिलाका लागी सेफ सेल्टर हाउस संचालन गर्ने ।
१२.सडक बालबालिकाहरुको लागी पुनस्थापना केन्द्र स्थापना गर्ने ।
१३.“हाम्रा युवा सिर्जनशील र सभ्य युवा” भन्ने नारा साकार गर्ने । 
१४.सुपथ मूल्यका सहकारी पसल संचालन गर्ने ।
१५.“हाम्रो नगर हाम्रो कर, समृद्ध बनाउने हामै्र रहर ” भन्ने नारा साकार गर्ने । 
१६.कोहलपुर वडा नं. २ विकास नगरमा चीनको राइजिङ इनर्जी कम्पनीको लगानीमा १०० मेगावाट सोलार 
   उर्जा उत्पादनको कार्य गर्ने ।
१७.प्राकृतिक जोखिमयुक्त क्षेत्रका वासिन्दाहरुका लागी आवास विमा कार्यक्रम संचालन गर्ने ।
१८. सार्वजनिक बाँझो जमिनमा १ लाख वृक्षारोपण गरी हरित नगर अभियान लाई निरन्तरता दिने ।
१९. डुडुवाखोला ,रोहणी खोला , किरण नाला लगायतका सिमसार क्षेत्र, तालतलैयाहरुको मुहार संरक्षण 
   तथा वातावरणीय प्रदुषण नियन्त्रणका लागि जैविक तटबन्धन निर्माण गरिर्ने ।
२०.“हाम्रो कोहलपुर,स्वच्छ र सफा कोहलपुर अभियान ” संचालन गर्ने 
२१. फोहरमैला व्यवस्थापन को लागी आधुनिक ल्याण्डफिल साइटको निर्माण तथा दिशाजन्य लेदो पदार्थको 
    व्यवस्थापनका लागी आवश्यक कार्य थालनी गर्ने ।
२२. नगरपालिकालाई नेट वर्किङ गरी पेपर ई –गभरनेन्सको थालनी गर्ने । 
२३. यस आर्थिक वर्षमा कोहलपुर नगरपालिकाको विकास सम्मेलन गर्ने । 
२४. आधुनिक सिटी हलको निर्माण गर्ने ।
२५.योग तथा ध्यान केन्द्र र अटो भिलेज निर्माण गर्ने पहल गर्ने । 
२६. कोहलपुर नगरपालिका वडा –२ तेह्र बिगाहको उत्तर सिटिइभिटिको कार्यालयसंगै जोडिएको स्थानमा 
    सुविधा सम्पन्न बाल अस्पताल निर्माणका लागि संघीय सरकार संग आवश्यक पहल गरिनेछ । 
२७. डुडुवा खोलाको उपयुक्त स्थानमा विद्युतीय सवदाह गृह निर्माण कार्य थालनी गरिर्ने । 
२८.आधुनिक वधशाला निर्माण र ल्याण्डफिल साइट निर्माण गरिर्ने ।
२९. वडा नं. ७ र ८ मा रहेका सामुदायिक वन क्षेत्रमा औद्योगिकग्राम विकास गरिर्ने ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमा रहेका केहि नारा तथा कार्यक्रमहरु ः 
१. “हरित संगम स्थल हाम्रो शहर, सुन्दर समृद्ध कोहलपुर नगर ” कार्यक्रम लागु गर्ने । 
२. सबै सामुदायिक विद्यालयहरुमा “स्वछ पिउने पानी, सफ र पहुँचयुक्त शौचालय” कार्यक्रमका साथ
   विद्यालय नर्सिङ्ग कार्यक्रम संचालन गर्ने । 
३. “एक विद्यालय, एक विषय सिकाई केन्द्र” संचालन गर्ने । 
४. सबै सामुदायिक विद्यालय सूचना प्रविधि मैत्रि बनाउने र “एक शिक्षक एक ग्याजेट” कार्यक्रम लागु गर्ने ।
५. खाद्य सुरक्षा तथा पोषण रणनैतिक योजना कार्यक्रम लागु गर्ने । 
६. नगरलाई “स्वच्छ र पूर्ण सरसफाइ युक्त” बनाउन कार्यक्रम अगाडी बढाउने । 
७. सबै नवजात शिशुहरुलाई “नवजात शिशु संरक्षण कोष” मार्फत एक हजारकादरले सहयोग गर्ने । 
९. नगरपालिकामा घोषणा भएको “नगर शाक्षरता, खुल्ला दिसामुक्त, पूर्ण खोप युक्त सहयोगापेक्षी सडक 
   मानव मुक्त अभियानलाई कार्यन्वयन गर्ने । 
१०. नगर स्तरिय निग्रानि केन्द्र स्थापना गरि विभेद विरुद्ध , नगर सरकारको मान्यतालाई स्थापित थर्ने । 
११. मिडिया हाउस सहयोग कोष स्थापना गर्ने । 
१२. एकिकृत नमुना वस्तीको रुपमा मुक्तकमैया वस्तिलाई ब्यवस्थापन गर्ने । 
१३. नगर भरि एक घर, दुई फलफुलको विरुवा कार्यक्रम लागु गर्ने । 
१४. एक वडा, एक उत्पादन ग्राम निर्धारण गरिने । 
१५. कोहलपुर वडा नं. ८ मा बोयर बाख्रा स्रोतकेन्द्र स्थापना गरि बाख्रा उत्पादन गर्ने । 
१६. गाई, भैसि सुत्केरी भत्ता कार्यक्रम लागु गर्ने । 
१७. एक वडा एक विषयगत सहकारी संस्था कार्यक्रम संचालन गर्ने । 
१८. १५ सया युवाहरलाई सिटिइभिटि निजिक्षेत्र कम्पनीहरु मार्फत प्राविधिक सिपमुलक तालिम प्रदान गरि 
    स्वारोजगार गरिने । 
१९. समग्र कोहलपुरको मुहार फेर्नको लागि चाप्पर गौडी घुइयाबारी अन्र्तप्रदेश राजमार्ग, कवड हल, 
    अनतराष्ट्रिय कृकेट मैदान, भ्युटावर तथा घण्टा घर , सिटिहल, लामो दुरीको बसपार्क, रिङरोड, 
    आधुनिक बदसाला, २५ शैयाको बाल अस्पताल, विद्युतिय सवदाह गृह र फोहोर मैला तथा दिसा 
    जन्य पदार्थ प्रशोधन केन्द्र निमार्ण गर्ने । 
२०. नगर डुवान बाट मुक्त गर्न ढल निमार्ण गुरु योजना कार्यन्वयन गर्ने । 
२१. डुडुवा करिडोर तथा जलाधर योजना निमार्णका लागि पहल गरिने । 
२२.सिद्धिविनायक सामुदायिक वनको स्तरोन्नती गर्दै आधुनिक पार्क सहित मिनि जु विकास गर्ने । 
२३. सफा र हरित नगर कार्यन्वयन गरिने । 
आर्थिकवर्ष २०७८ /०७९को नीति तथा कार्यक्रमा रहेका केहि नारा तथा कार्यक्रम हरु ः 
१. “मानव जीवको रक्षा, विकासको प्रमुख प्राथमिकता”
२. सडक मानवमुक्त नगर घोषणा गर्ने ।
३.कोहलपुर “शैक्षिक हव विकास, बह्रत् गरुयोजना वनाई लागु गर्ने ।
४. “एक वडा एक वाल विकास केन्द्र निर्माण गर्ने ।
५.“सूचना प्रविधियुक्त शिक्षकसँग मेयर ”कार्यक्रम लागु गर्ने। 
६.नगर स्तरीय बहुविषयक प्रयोग शाला निर्माण गरिने ।
७. “विपन्न बालबालिका संग उपमेयर” कार्यक्रम मार्फत विपन्न र बेरोजगार अभिभावकहरु मध्य बाट नगर
   पालिकाको कोटामा हरेक वर्ष १ बालक र १ बालिकालाई प्रत्यक संस्थागत विद्यालयमा निशुल्क पड्न 
   पाउने ब्यवस्था मिलाउने । 
८. १ डक्टर १ नर्स कार्यक्रम लागुन गर्ने । 
९. सूचना तथा प्रविधि आधारित विद्यालय शिक्षा लागुन गर्ने । 
१०. नगर हरित विद्यालय लागु गर्ने । 
११. “एक विद्यालय, एक खेलकुद शिक्षक” र “एक विद्यालय एक स्वास्थ्य कर्मी ” लागु गर्ने । 
१२. एक घर एक रोजगार कार्यक्रम लागु गर्ने । 
१३. लागु औषध दूब्यसनमुक्त हाम्रो रहर, शान्ती र सद्भाव मुक्त कोहलपुर नगर भन्ने नारा सहित लागुऔषध
   मुक्त सहर घोषण गर्ने । 
१४. नगर प्रमुख छात्र वृद्धि कार्यक्रम लागु गर्ने । 
१५. लैङ्गिक हिंसा निवारण कोष संचालन गरी महिला बन्दि ग्रिह र पिडित पु्र्न स्थापना गृह निमार्ण गर्ने । 
१६. नगर प्रमुख सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने । 
१७. ६५ वर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकहरुका लागि वार्षिक २४ सय रुपयाँ सामाजिक सुरक्षा भत्ता 
    वितरण गर्ने । 
१८. “मानवताको सहर, कोहलपुर नगर” कार्यक्रम लागु गर्ने । 
१९. खाद्य सुरक्षा तथा पोषण रणनैतिक योजना निमार्ण गरि लागु गर्ने । 
२०. एक घर एक धारा कार्यक्रम लागु गर्ने । 
२१. विकासका लागि संचार भन्ने मान्यतालाई आत्मसाथ गरि संचार गृहको विकास गर्ने । 
२२. जनता संग जन प्रतिनिधि बुलेटिन प्रकासित गर्ने । 
२३. “किसानको मान कोहलपुरको पहिचान भन्ने नाराका साथ नागर प्रमुख उत्कृष्ठ कृषक/ कृषि उद्यमि /
    कृषि सहकारी र समुहलाई पुरस्कृत गर्ने । 
२४. दुध उत्पादन किसानको लगि प्रति लिटर १ रुपयाँ र बाख्रा पालक समुहको लागि प्रति के.जि. १०
    रुपयाँ अनुदान दिने । 
२५. घर घरमा महिला कृषक उद्यमि, आउनेछ घरमा शान्ती र समृद्धी कार्यक्रम लागु गर्ने । 
२६. एक घर २ फल फूलको विरुवा कार्यक्रम लागु गर्ने । 
२७. एक उपच एक नमुना कृषि फर्म र एक वडा एक नमुना फर्म कार्यक्रम लागुन गर्ने । 
२८. एक वडा एक नर्सरी कार्यक्रम लागु गर्ने । 
२९. नगरलाई २ वर्षमा आलु् ३ वर्षमा चामल ५ वर्षमा गहुँ तथा मकै बाट आत्मनिर्भार गराउने । 
३०. के पाइन्छ हैन के चाहिन्छ भन्ने नारा सहित एक घर एक करेसाबारी कार्यक्रम लागु गर्ने ।
३१. स्थानिय अर्थतन्त्रको सवलिकरण कृषिको आधुनिकरण कार्यक्रम लागुन गर्ने । 
३२. विकास र समृद्धिको यात्रा सहकारी संग सहयात्रा कार्यक्रम लागु गर्ने । 
३३. ग्रमिण स्थरमा शाखा विस्तार गर्ने बैकंलाई स्थानिय कर तथा घर वाहाल करमा २५ प्रतिशत कर छुट गर्ने । 
३४. बैदेसिक रोजगार बाट फर्केकाहरुको लागि सौलियत ऋण उपलब्ध गराउने । 
३५. बेरोजगार समस्या समाधानको लागि श्रम बैकंको स्थापना गर्ने । 
३६. भुमिहिनलाई घर बारी गाउँ गाउँमा रोजगारि कार्यक्रम लागु गर्ने । 
३७. सुशासनका लागि आर्थिक पारदसिता भन्ने नारा का साथ चौमासिक सार्वजनिक सुनुवाई गर्ने । 
३८. एक पालिका एक नमुना कृषि वन कार्यक्रम लागु गर्ने ।
कोहलपुर बासी जनताले लामो समयको प्रतिक्षा पछि पाएका जनप्रतिनिधीहरुले आव २०७४/०७५,
२०७५/०७६,२०७६/०७७,२०७७/०७८,२०७८/०७९मा जनतालाई नीति तथा कार्यक्रम मार्फत बाडिएका 
सपनाहरु ८० प्रतिशत कार्यन्वयन नभएर जनप्रतिनिधी विदाँहुने समय आउन थालेको छ । कोहलपुर 
नगरपालिकालाई राम्रो संग बुझेका कोहलपुर नगरपालिकाका मेयर तिन पटक सम्म स्थानिय निकाय 
संचालन गर्दा समेत जनता “हात्तिआयो हात्तिआयो फुस्सा” जस्तै भएका छन् । सवैले भन्ने गरेको दुई 
प्रदेशको केन्द्र विन्दु कोहलपुर तर कोहलपुरको विकास कितावमा मात्र सिमित भएको देखिन्छ । 
कोहलपुर बासी  जनताले जनप्रतिनिधीले ल्याएका कार्यक्रम सुन्न पाए तर देख्न पाएनन् । यस्ता 
नारामा मात्र लगाउने कार्यक्रम भन्दा जनतामा लागु हुने कार्यक्रम ल्याउन जनताको 
माग रहेको देखिन्छ । 

२२ माघ २०७८ मा प्रकाशित
Nabintech