दाङमा घरेलु हतियार सहित ७ जना पक्राउ

पिपलबाेट संवाददाता


प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका –३ भ्युडरबाट घरेलु हतियार सहति ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका–९ निबासी २५ बर्षका सन्तोष बस्याल, सोही ठाउँ निबासी १६ बर्षका मनोज बिक, २३ बर्षका पोषण ओली, १७ बर्षका बिबेक बस्नेत, २१ बर्षका अजिल मिया, २१ बर्षका २१ का केत ओली र १८ बर्षका मोहन बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाहरुको साथबाट खडुा एक थान, हसीया तीन थान, बन्चरो एक थान र पेस्तोल आकारको लाईटर बरामद गरेको छ । गाउँमा मदिरा सेवन गरेर घरेलु हतिायर सहित युवाहरु खाली गोठमा बसेको खबर पाएपछि गएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

२३ माघ २०७८ मा प्रकाशित
Nabintech