लमही खानेपानी संस्थामा लोकतान्त्रिक प्यानल विजयी

पिपलबाेट संवाददाता


लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नेतृत्वका लागी संयुक्त लोकतान्त्रिक प्यानल विजयी भएको छ । सत्तागठबन्धनको समर्थनमा जंगबहादुर चौधरीको प्यानल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कुलचन्द्र पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पदका उमेदवार चौधरीले १५१८ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने उहाका प्रतिद्धन्द्धी लोकतान्त्रिक प्रगतिशिल प्यानलका सनम कुमार पौडेलले १०४३ मत प्राप्त गर्नुभएको उहाले जानकारी दिनुभयो । चौधरीको प्यानललाई सत्तागठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी लगाएतका दलको सर्मथन रहेको थियो भने पौडेल समुहलाई एमालेको समर्थन रहेको थियो ।

यस्तैगरी चौधरी प्यानलका उपाध्यक्ष उमेदवार सीतादेबी चौधरी १४२१ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी पौडेल प्यानलका श्यामकला भुसालले ९३३ मत प्राप्त गर्नुभएको छ । सचिवमा चौधरी प्यानलका बसन्त आचार्यले १२३३ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ भने दशरथ घिमिरेले ११७९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा चौधरी प्यानलका बासुदेब गौतमले १३७८ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाका प्रतिष्प्रर्धी देवमणी चौधरीले ९८५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सदस्यहरुमा चौधरी प्यानलका जगनारायण चौधरी १४२१, किरण चौधरी १४४२, ज्ञान बहादुर विक १४००, शिवा चौधरी १४०९ , सीता खत्री पोख्रेलले १४५८ मत प्राप्त गरी विजयी हुनु भएको समितिले बताएको छ ।संस्थाको नेतृत्वका लागी सहमती हुन नसकेपछि शनिवार निर्वाचन भएको थियो । संस्थाको ४ हजार २ सय ७७ मतदाता रहेकोमा २ हजार ७ सय ९ जनाले मतदान गरेका थिए । मतदान सकिएपछि गएराती देखी नै मतगणना सुरु भएको थियो ।

२३ माघ २०७८ मा प्रकाशित
Nabintech