भूमि सुधार तथा मालपोतको सेवाप्रति सेवाग्राही असन्तुष्ट

पिपलबाेट संवाददाता


भूमि सुधार तथा मालपोत कार्यालयले प्रदान गर्ने सेवाप्रति सेवाग्राही असन्तुष्ट भएको पाइएको छ । मालपोत कार्यालयबाट संकलन गरिएको नागारिकको गुनासोमा यस्तो पाइएको हो । बास नेपालले ५० जना नागरिकहरुको गुनासो संकलन गर्दा उनीहरु कार्यालयको सेवाप्रति असन्तुष्ट रहे । बासका स्वयंसेवकहरुले सेवाग्राहीहरुको गुनासो संकलन गरेका थिए ।सेवाग्राहीहरु मालपोतको सेवा प्रबाह बारे असन्तुष्ट रहेको, सेवा लिँदा स्पष्ट जानकारी नभएको, अस्पष्ट सूचना पाएको, कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसंग अपेक्षित ब्यवहार नगरेको पाइएकोछ ।सेवाग्राहीहरु मध्ये ४८ प्रतिशतले कार्यालयबाट ठिकै जानकारी प्राप्त भएको, ३२ प्रतिशतले अस्पष्ट सूचना प्राप्त भएको बताएका छन् भने २० प्रतिशतले अति स्पष्ट सूचना प्राप्त भएको अभिमत दिएका छन् । यसैगरी सेवा प्रदायक कर्मचारीले तपाईंको आवश्यकता र अपेक्षा कति बुझे जस्तो लाग्यो ? भन्ने प्रश्नमा अति धेरै भन्नेमा १६ प्रतिशत, थोरै भन्नेमा ३२ प्रतिशत र ठिकै भन्नेमा ५२ प्रतिशत रहेका छन् ।त्यस्तै सेवाग्राहीहरु मध्ये १० प्रतिशतले कर्मचारीहरुबाट अभद्र, अमर्यादित व्यवहार भएको बताएका छन् । भने ५० प्रतिशतले ठिकै र ४० प्रतिशतले मिलनसार, मैत्रीपूर्ण व्यवहार रहेको बताएका छन् । सेवा प्राप्त गर्न आवश्यक सूचनाहरु (प्रमाण, कागजात) र शूल्क, दस्तुर बारे सेवाग्राहीहरुले मिश्रित प्रतिकृया दिएका छन् । जसमा सेवाग्राहीहरु मध्ये १० प्रतिशतले अलमल हुने गरि अस्पष्ट सूचना दिएको बताएका छन् । भने ६४ प्रतिशतले ठिकै भन्ने प्रतिकृया दिएका छन् । २६ प्रतिशतले अति स्पष्ट पारेको बताएका छन् ।त्यसैगरी २ प्रतिशत सेवाग्राहीहरुले कर्मचारीहरुबाट समस्या समाधान दिन नसकेको, ७८ प्रतिशतले ठिकै रुपमा समस्या समाधान दिएको र २० प्रतिशतले अति सजिलो तरिकाबाट समस्या समाधान दिएको बताएका छन् ।बासले संकलन गरेको अभिमतमा सेवाग्राहीहरु मध्ये २० प्रतिशतले लामो, झण्झटिलो प्रकृया रहेको, ७० प्रतिशतले प्रकृया ठिकै रहेको र १० प्रतिशतले अति सजिलो प्रकृया रहेको बताएका छन् ।

सेवाग्राहीहरुले शौचालय सरसफाई नभएको, टोकन प्रणाली सुचारु गर्नुपर्ने, भिडभाड व्यवस्थापन गर्नुपर्ने, कर्मचारीको उपस्थिती नियमित हुनुपर्ने प्रतिकृया दिएका छन् । गुनासो संकलन कार्यमा बासका स्वयंसेवकहरु अशोक रावल, आश्ना थारु, मञ्जु थापामगर, सुष्मा चौधरी, मिना घर्तिमगर लगायतले भूमिका खेलेका थिए ।

२३ माघ २०७८ मा प्रकाशित
Nabintech