बैजनाथ काँग्रेसले बुझायो ६ बुदेँ ध्यानाकषर्ण पत्र

पिपलबाेट संवाददाता


बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई ६ बुदेँ ध्यानाकषर्ण पत्र बुझाइएकोछ । नेपाली काँग्रेस बैजनाथका सभापति देबबहादुर केसी नेतृत्व टोलीले ६ बुदेँ ध्यानाकर्षण पत्र बुझाएको हो ।

बैजनाथ गाउँपालिकामा गर्नुपर्ने कामहरु नभएको र आफुअनुकुल मनोमानी तरिकाले स्थानीय सरकारले काम गरिरहेको भन्दै ६ बुदेँ ध्यानाकर्षण पत्र बुझाइएकोछ ।

स्थानीय नागरिकद्वारा व्यापक जनगुनासो आउनुका साथै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक समाचारले नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिकालेको गम्भीर ध्यानाकर्षण भएको सभापति केसीले बताए ।

६ बुदेँ ध्यानाकर्षण पत्र बुझाउदै निर्वाचनको नजिकै आएर निश्चित ब्यक्तीलाई पोस्ने कार्य गरेमा कडा रूपमा प्रस्तुत हुने त्यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिने चेतावनी समेत दिइएको नेपाली काङ्ग्रेस क्षेत्र नम्बर–३ ‘क’ का सचिव धिरेन्द्र सिंहले जानकारी दिए ।

उक्त ध्यानाकर्षण पत्र बुझाउने क्रममा नेपाली काँग्रेस जिल्ला सचिव कपीलदेव शर्मा, क्षेत्रीय सचिव ज्ञान बहादुर ओली, प्रदेश सभा ‘क’ सचिव धिरेन्द्रसिंह ठकुरी, क्षेत्रीय सह–सचिव डम्बर रावत, केन्द्रिय महाधिवेशन प्रतिनिधीहरु देव बहादुर खत्री, मेघराज ओली, चन्तराम थारु, प्रकाश बहादुर शाही, टेक बहादुर खड्का, निर्मला रोकाया र क्षेत्रीय प्रतिनिधि भगन थारु लगाएतको उपस्थिति रहेको थियो ।

ध्यानाकर्षण पत्रमा लेखिएकोछ

नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार नेपाल सरकारका सबै निकायले कानून अनुरुप काम गर्नुपर्ने बाध्यत्मक ब्यवस्था हुँदाहुँदै पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा गर्नुपर्ने कामहरु नभएको र आफुअनुकुल मनोमानी तरिकाले स्थानीय सरकारले काम गरिरहेको भन्ने स्थानीय नागरिकद्वारा व्यापक जनगुनासो आउनुका साथै विभिन्न अनलाइन सञ्चारमाध्यम र पत्रपत्रिकामा प्रकाशित समाचारले तपशिल बमोजिमका बुँदाहरुमा नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।

क) २०७८ असोज महिनामा भएको वर्षातका कारण बैजनाथ गाउँपालिकामा रहेका किसानहरुको अन्न बालिमा भएको क्षतिका सम्बन्धमा स्थानीय सरकारले स्थलगत लगत लिई राहतको लागि संबंधित निकायमा लगत नबुझाएको भनी विभिन्न विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारको बारेमा के कसो हो ? सत्यतथ्य सार्बजनिक होस् ।

ख) अव्यवस्थित बसोबास तथा भूमिहिनहरुको लगत संकलन गरिएको र उक्त लगत गर्दा स्थानीय नागरिकसंग रकम समेत असुल गरिएको र लगत बुझाउन राष्ट्रिय भूमी आयोगले मिति २०७८/०६/३१ र २०७८/०७/११ मा सूचना जारी गर्दा समेत बैजनाथ गाउँपालिकाले संबन्धित निकायमा लगत नबुझाएको भनी प्रकाशित समाचारका सम्बन्धमा के कसो हो ?

ग) स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुको दरबन्दी मिलान सरुवा लगाएतका कार्य गर्दा कार्यबिधी निर्माण गरि बिधिसम्मत गर्नुपर्ने पेशागत संघसंगठनहरुसँग समेत समन्वय नगरी आफुअनुकुल गरिएको दरबन्दी मिलान के कसो हो ?

घ) विकास निर्माणमा र बिद्यालय ब्यवस्थापन समितिका सम्बन्धमा अवधी सकियकालाई समेत कानुन बिपरित पुर्वाग्रही ढंङ्गले काम गर्न दिईएको पाईएको सम्बन्धमा के कसो हो ?

ङ) बैजनाथ गाउँपालिकाभित्र रहेका किसानहरुका लागि मल बीउ बिजन सर्बसुलभ र सहज रूपमा वितरणका सम्बन्धमा स्थानीय सरकारको भुमिका के रह्यो ?

च) मन्त्री परिषदले स्थानीयको निर्वाचन मिति घोषणा गरिसकेको हुँदा पनि बैजनाथ गाउँपालिकाबाट हुने दैनिक प्रशासनीक कामकाज बाहेक अन्य दीर्घकालीन प्रभाव पार्ने खालका कुनैपनी ऐन कानून कार्यबिधी निर्माण नगर्न आग्रह गर्दछौं ।

२६ माघ २०७८ मा प्रकाशित
Nabintech