राप्रपा बाँकेका युवा नेता सुवेदीले पार्टी छाडेको घोषणा

पिपलबाेट संवाददाता


राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएकाे छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएकाे घाेषणा गरेसँगै पार्टीकाे संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेकाे छ । राप्रपा बाँकेका एक युवा नेताले पनि राप्रपा पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । राप्रपा बाँकेकाे २ कार्यकाल पार्टी प्रवक्ता समेत रहेका युवा नेता श्रीधर सुवेदीले बुधवार सामाजिक सञ्जाल मार्फत राप्रपा पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन् । “आजै देखि राष्ट्रिय प्रजातन्त्र पार्टीकाे साधारण सदस्य नरहने गरि पार्टीको संलग्नतालाई अन्त्य गर्दछु । अब नयां यात्रा शुरु गर्ने घाेषणा गर्दछु । धन्यवाद ।” उनले अाफ्नाे फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । युवा नेता सुवेदी बाँके जिल्लामा पार्टीकाे राजनीतिमा प्रभावशाली छवि बनाएका सुवेदी राप्रपा निकट पत्रकारहरूकाे शुभेच्छुक संगठन मिडिया नेपालकाे केन्द्रीय उपाध्यक्षकाे जिम्मेवारीमा थिए । उनी काेहलपुर नगरपालिका वडा नं.६ काे उप निर्वाचनमा राप्रपाकाे तर्फबाट वडाध्यक्षका समेत प्रत्याशी रहेका थिए । उप निर्वाचनमा वडामा पार्टीलाई तेस्राे स्थानमा पुर्याउन सफल सुवेदीकाे निर्णयले राप्रपा बाँकेमा तरङ्ग सिर्जना भएकाे छ ।

२६ माघ २०७८ मा प्रकाशित
Nabintech