जिवन ज्योति मेडिकल हलको सेवा अव सरस्वती मार्ग देखि

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले एक कार्यक्रम बिच जिबन ज्योति मेडिकल हल एण्ड दिर्घायु जीवन पोलिक्लिनिक प्रा लि को उद्घाटन गर्नुभएको छ । बिगत लामो समय देखि सेवा दिदै मेडिकल हलले आगामी दिनमा समेत प्रभाबकारी रुपमा सेवा प्रबाह गर्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो । साथै कार्यक्रममा मेडिकल सन्चालक तथा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले सयुक्त रुपमा गरिब तथा जेहनदार छात्र आर्यन नेपालीलाई शैक्षिक सामाग्री समेत वितरण गर्नुभएको थियो । बिगत लामो समय देखि मेडिकलमा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । बिद्यासागर मैनाली र संस्थापक राज कुमारी चन्द रहेको जिबन ज्योति मेडिकल हल एण्ड दिर्घायु जीवन पोलिक्लिनिक प्रा लि ले भिडियो एक्सरे सेवा , सादा एक्सरे सेवा , हाड जोर्नीको प्लास्टर सेवा , ल्याव प्याथोलोजी सेवा , जनरल अप्रेशन सेवा ,बाझोपन यौन रोग , छालारोग सम्बन्धि उपचार सेवाहरु दिदै आईरहेको छ । बिगत लामो समय देखि कोहलपुर क्षेत्रमा सेवा दिदै आएको जिबन ज्योति मेडिकल हल सरस्वती मार्गमा सारिएको छ ।

३ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech