क्यान बाँके शाखाद्धारा कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


“रक्तदान जीवन दान” भन्ने मुलनाराको साथ क्यान महासंघ बाके शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, बाँके शाखाको आयोजनामा कोहलपुरमा गरिएको रक्तदान कार्यक्रमा ३५ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले रक्तदान कार्यक्रमा भनेको नितान्त सामानिक कार्य भएको वताए । यसरी कार्यक्रमको आयोजना गरेकोमा क्यान महासंघ बाँकेलाई धन्यवाद समेत दिएका थिए । क्यान बाँकेले समाजमा विभिन्न खालका सामाजिक कामहरु गर्दै आएको छ । कार्यक्रमको सभापतित्व कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, बाँके शाखा अध्यक्ष रमणी प्रसाद शर्माले गरेका थिए । शर्माले आफुहरुले मानविय सेवामा समपित रहेर रक्तदान जस्तो कार्यक्रम गरेको वताए । साथै यसरी रक्तदान कार्यक्रम गर्दा कलेक्सन भएको रगतले दुखी विरामीहरुलाई सहयोग पुग्ने आफुले विश्वास लिएको वताए । साथै विगतका दिनहरुमा रगतको समस्या वाट आफ्ना कोहि सदस्यहरुलाई समस्या पर्दा समेत उक्त रगत काम लाग्ने समेत शर्माले वताए । साथै शर्माले आफुहरुले आयोजना गरेको कार्यक्रममा ३५जना व्यापारी ,कर्मचारी ,आम सर्वसाधारणले
रक्तदान गरेर सहयोग गरेकोमा धन्यवाद समेत दिएका थिए । कार्यक्रममा प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले गरेको थियो ।

१० फाल्गुन २०७८ मा प्रकाशित
Nabintech