संस्थापन प्यानलका पदाधिकारी उम्मेदवार घोषणा

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस बाँकेको निर्वाचनका लागि संस्थापन प्यानलको
पदाधिकारी उम्मेदवार घोषणा गरिएको छ । नेपालगन्जस्थित पार्टी कार्यालयमा बुधबार एक औपचारिक कार्यक्रमका बीच उम्मेदवार घोषणा गरिएको हो ।
कांग्रेसका नेता एवम् क्षेत्र नम्बर १ का पुर्वसभापति माधवराम खत्रीले उम्मेदवारको नाम घोषणा गरेका हुन । संस्थापन प्यानलबाट उपसभापतिमा कृष्ण कार्की र सुदिपनरसिंह राणा, सचिवमा रबिन्द्र हमाल र सञ्जुकुमारी चौधरी, सह–सचिवमा पुरनसिंह ठकुरी र बिनोद थारुको नाम घोषणा गरिएको हो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खत्रीले संस्थापन प्यानलबाट सभापति पदमा तीन जना उम्मेदवार भएपनि पदाधिकारी र सदस्यको एउटै प्यानल बनाइएको बताए । प्यानलका उम्मेदवारलाई विजयी गराउन उनले सबैलाई आग्रह पनि गरे । घोषित उम्मेदवारहरु नेपाल बिद्यार्थी संघ हुदै पार्टीको राजनीतिमा रहेको बताए । क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताले देउवा प्यानलका उम्मेदवार योग्य र सक्षम रहेको बताए । ‘थोरै सिट भएको हुँदा सबै जना लड्न पाउनु भएन, राजनीति गर्ने मान्छे उत्तेजित हुनु हुदैन, राजनीति एक दिनको लागि हुदैन,’ उनले भने ।
क्षेत्र नम्बर ३ का सभापति नक्की खाँले देउवा प्यानलका उम्मेदवारलाई मतदान गरेर सहयोग गर्न आग्रह गरे । ‘अलिकति दुःख लागेको छ, सभापतिको उम्मेदवार एउटा बनाउन सकेनौं,’ उनले भने ‘सबैबाट पदाधिकारी र सदस्यको प्यानल एउटा बनाउन सुझाव आयो, त्यसकारण एउटै बनायौं, यो टिमलाई एक बनाउने काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’ घोषणा कार्यक्रमलाई कांग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठ, कांग्रेस नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट
लगायतले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा ठुलो संख्यामा कांग्रेस नेता, कार्यकर्ता उपस्थित भएका थिए । कांग्रेस बाँकेको निर्वाचन यही फागुन १५ गते हुदैछ । निर्वाचनका लागि फागुन १२ गते बिहीबार (आज ) उम्मेदवार मनोनयन दर्ता गरिनेछ

११ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech