कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

पिपलबाेट संवाददाता


भेरी अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका वडा नम्बर ७ मुगु निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उनले यही फागुन १ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको थियो।

त्यसपछि फागुन ४ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा शनिबार बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको ओलीले बताए। योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ४ सय ४९ जना र बाँकेका ३ सय ५२ जनाको संक्रमणबाट मृत्यु भएको छ।

१४ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech