अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आज नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्त सम्ममा उत्कृष्ठ व्यक्तीगत र टीमबाट व्यवसाय गरेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ ।


कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बीमा व्यवसायको हालको अवस्था, बीमाका फाईदा, बीमाको बजारीकरण लगायत सूर्या लाईफ इन्स्योरेन्स बीमा योजना र भावी रणनीति लगायतका विषयमा प्रशिक्षण गरे ।

कार्यक्रमकी एक सहभागी अनिता गैरेले यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा सधै कायम हुने र व्यवसाय वृद्धि हुने बताईन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का, पश्चिम मार्केटिङ्ग प्रमुख शैलेस कुमार श्रेष्ठ, सुदुर पश्चिम प्रदेशका एरिया शाखा प्रमुख रविन्द्र हमाल लगायत कार्यक्रममा बाँके र बर्दियामा कार्य क्षेत्र बनाई काम गरिरहेका अभिकर्ता र एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको कोहलपुर शाखा प्रमुख बामदेव पोख्रेलले बताए ।

१५ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech