संस्थापन पक्षका सालिन र भद्र सुरेन्द्र हमालनै आधिकारी उम्मेदवार ः बाल्मिकी

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशको बाँके जिल्लामा नेपाली काँग्रेसको नेतृत्व छान्न रस्साकस्सी सुरु भएको छ । १५ गते हुने जिल्लाको १४ औँ अधिवेशनमा सभापतिका लागि आधा दर्जन आकांक्षीको नाम चर्चामा रहे पनि अन्तिममा ३ जना निर्वाचनको मैदानमा उत्रने भएका छन् । नेपाली कांग्रेस बाँकेको सभापतिको लागि संस्थापन (शेर बहादुर देउवा) पक्षले सुरेन्द्र बहादुर हमाललाई आधिकारिक उम्मेदवार तोकेको छ ।
नेपाली काँग्रेस बाँकेका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीलाई फोन गरेर पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले हमालनै आधिकारिक उम्मेदवार तोकिएको भन्दै त्यसै अनुरुप सर्कुलर गर्न भनेका छन् ।
महतले सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का लगायत बसेर हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको बाल्मिकीलाई बताएका हुन् । फागुन १९ गते हुने निर्वाचनका लागि संस्थापनले सभापति टुंग्याउन नसक्दा हमाल र बादशाह कुर्मीले उम्मेदवार दिएका छन् ।
स्रोतका अनुसार कुर्मीलाई संसदीय निर्वाचनमा उम्मेदवार बनाउने गरी अहिले जिल्ला सभापतिमा हमाललाई अगाडि सारिएको हो । संस्थापन इतर (डा.शेखर कोइराला) बाट भने सभापतिमा नारायणप्रसाद गौडेल उम्मेदवार छन् ।लुम्बिनी प्रदेशको बाँके जिल्लामा नेपाली काँग्रेसको नेतृत्व छान्न रस्साकस्सी सुरु भएको छ । १५ गते हुने जिल्लाको १४ औँ अधिवेशनमा सभापतिका लागि आधा दर्जन आकांक्षीको नाम चर्चामा रहे पनि अन्तिममा ३ जना निर्वाचनको मैदानमा उत्रने भएका छन् । संस्थापन पक्षका आधिकारी उम्मेदवार बनेका हमालको नेपाली काँग्रेस प्रजातान्त्रिक हुँदा समेत हमाल परिवार नेपाली काँग्रेस प्रजातान्त्रिक समुहमा वसेर देउवालाई सहयोग गरेका थिए । पूर्व प्रधानमन्त्री शुशिल कोईराला हुँदा सम्म बाँकेमा हमाल परिवार कोईरालाहरुको नजरमा परेर पछाडि राजनितीक अवसर प्राप्त गर्ने सकेका थिएनन् ।
संस्थापन पक्षका उमम्मेदवार दाबी गरेका बादशाह कुर्मी पूर्व प्रधानमन्त्री शुशिल कोईरालले सभासद बनाएका थिए शुशिल कोईरालको देहवासन् पछि उनि देउवा टीममा प्रवेस गरेर देउवा टिमको राजनीतिमा सक्रिय रहेका
छन् । हमाल परीवार सधै सालीन रहेर जनताको सेवामा समर्पित रहेर काम गर्ने गरेका छन् । यस्तै भएका कारणले पनि
होला शेर बहादुर देउवाले मन्त्री परिषद विस्तार गर्दा हमाल परिवारका बाँके काँग्रेसका पूर्व पाटि सभापति समेत रहेका गजेन्द्र हमाललाई मन्त्री वनाएका थिए । पछि सभासद नरहेका हमाललाई मन्त्री वनाएको विषयले नेपाली काँग्रेस भित्र र वाहिरी राजनितीमा विरोध भए पछि हमालले पार्टिलाई घाटाहुने भन्दै हप्ता दिन भित्रमा
राजिनामा दिएका थिए । उनैका भाई सुरेन्द्र हमाल ओलम्पियन कुसल खेलाडी तथा लुम्विनी प्रदेश सरकारका वन मन्त्री समेत रहेका छन् । उनी बाँँके जिल्लामा नेपाली काँग्रेसको तर्फवाट २०७४को निर्वाचनवाट निर्वाचित एक मात्र प्रदेश सभासद हुन् । उनले २०७४ को प्रदेशको निर्वाचनमा निर्वाचित भएर बाँके जिल्लामा नेपाली काग्रेसको विउ जोगाएका हुन । उनै सुरेन्द्र हमाल जिल्ला सभापतिको उमेदवार भएर मैदानमा आउदा नेपाली काँग्रेसका सच्चा कार्यकत्ता खुसी रहेका छन् । हमाल लगन शिल , इमान्दार , अनुशासित र सालिन नेताकोहरुमा आफ्नो परिचय वनाएका सफल नेता हुन ।

१६ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech