आधिकारीक उमेदवार सुरेन्द्र हमाललाई जिताउनु पर्छ केन्द्रिय सदस्य बाल्मिकी

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्रबहादुर हमाल नै संस्थापन(देउवा) पक्षको आधिकारिक उम्मेदवार भएको औपचारिक रुपमा घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं अधिवेशन अन्तरगत बाँकेमा यही फागुन १९ गते निर्वाचन हुदैछ । कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्रबाट शेरबहादुर देउवा निकट नेतामार्फत आधिकारीक रुपमा आएको निर्देशन अनुसार आफुले जिल्ला सभापतिको उम्मेदवार हमाललाई घोषणा गर्नु परेको प्रष्ट्याए ।

‘पार्टीका प्रवक्ता एवम् शेरबहादुर देउवा पक्षका जिम्मेवार नेताले नै मलाई सुरेन्द्र हमाल आधिकारीक उम्मेदवार हो भनेर भनिसक्नु भएको छ,’ बाल्मिकीले भने ‘केन्द्रबाट मलाई खबर आयो, त्यही कुरा मैले बताएको हुँ ।’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्का उम्मेदवार बादशाह कुर्मीलाई आसन्न संसदीय निर्वाचनमा हेर्ने र बोलाएर सम्झाउन आफुलाई बताएको पनि केन्द्रीय सदस्य बाल्मिकीले सुनाए । ‘टिमभित्रको कुरा हो, यसमा कागज या प्रमाण पेश गर्ने कुरा हुदैन,’ पत्रकारको जिज्ञासामा उनले भने । पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रीय सभापति शेरबहादुर देउवा प्यानलको आधिकारीक उम्मेदवार आफुलाई बनाएको हुँदा कार्यकर्ताहरु अब धेरै अलमलमा पर्न नहुने बताए । ‘हामी पहिला दुई जना उम्मेदवार मिल्न सकेको भए राम्रो हुन्थ्यो, तर नमिलि सकेपछि त केन्द्रले निर्णय गर्नुपर्ने थियो, केन्द्रले निर्णय गर्यो, अब यसलाई मानेर हामी जानुपर्छ,’ हमालले भने । पार्टीका नेताले भने अनुसार आफु हिड्ने बताए । हमालले अगाडी थपे, ‘केन्द्रिय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाह जीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो, केन्द्रले बादशाह जीलाई आधिकारिक भनेको भए मैले पनि त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानुनलाई मान्छु ।’ पत्रकार सम्मेलनमा कांग्रेस बाँकेका पुर्वसभापति एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्मा, पुर्वसभापति द्धय गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, प्रदेश सभा २ ‘ख’ का सभापति जितेन्द्रबहादुर हमाल, क्षेत्र नं.१ ‘क’का लक्ष्मण थारु संस्थापन पक्षबाट पदाधिकारी र सदस्य पदका केही उम्मेदवार, कांग्रेस नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

१७ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech