पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल पुग्यो १५० रुपैयाँ

पिपलबाेट संवाददाता


 पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ । रुस युक्रेट युद्धका कारण अन्तर्राष्ट्रिय बरजारमा कच्चा तेलको मूल्यमा भारीमात्रामा वृद्धि भएपछि नेपाल आयल निगमले पनि पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य एकै पटक प्रतिलिटर ५ रुपैयाँ बृद्धि गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत छ । मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

मूल्य बढेपनि निगमलाई प्रतिलिटर पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा छ । यता, मट्टितेलमा भने निगमलाई १९ रुपैयाँ ५१ पैसा नाफा छ । खाना पकाउने ग्याँसमा ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा भएपनि निगमले मूल्य बढाएको छैन । यस्तै, निगमले हवाई इन्धनको मुल्य पनि समायोजन भएको छ ।

२० फाल्गुन २०७८ मा प्रकाशित
Nabintech