अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रिसा भलिबल प्रतियोगिता हुने

पिपलबाेट संवाददाता


संस्थागत विद्यालयहरु(क्रिसा) कोहलपुरले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भलिवल प्रतियोगिता गर्ने भएको छ । क्रिसा कोहलपुरले खुल्ला छात्रा भलिवल प्रतियोगिता गर्ने लागेको क्रिसा कोहलपु्रका अध्यक्ष दिनेश सिग्देलले जानकारी गराएका थिए । क्रिसा सदस्य विद्यालयका खुल्ला छात्रा भलिवल प्रतियोगिता गर्ने भएको हो । प्रतियोगितामा १३ संस्थागत विद्यालयहरुको सहभागिता हुने भएको छ । प्रतियोगीतामा विजय हुने टिमलाई नगद पुरस्कार ,मेडल तथा प्रमाण पत्र को व्यवस्था गरिएको अध्यक्ष सिग्देलले वताए । प्रतियोगितामा समावेस हुनको लागी दुई हजार पाँच सय लाग्ने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १००००हजार दोस्रो पुरस्कार ७५०० तेस्रो पुरस्कार ५००० र सान्तोना
पुरस्कार २५०० पुरस्कारको व्यवस्था गरिएको छ । भलिवल प्रतियोगिता ब्रिज इन्टरनेशनलको खेल मैदानमा हुने भएको छ । खेल नकाउट सिस्टमवाट खेलाईने छ । क्रिसा कोहलपुरका अध्यक्षले यस पटक कोभिडको कारणले क्रिसा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न अनुकुलता नभएको हुदाँ खेलप्रतिको आकषर्ण वढाउनको लागी र खेलकुदको विकासको लागी भलिवल प्रतियोगिता गर्न लागेको अध्यक्ष सिग्देलले वताए ।

२२ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech