बागेश्वरी एकेडेमीका शिक्षकले बच्चालाई गाला निलो हुने गरेर पिटे

पिपलबाेट संवाददाता


कोहलपुर बागेश्वरी एकेडेमी कोहलपुरमा विद्यार्थीलाई कुटेको कारण अभिभावक द्धारा ईलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गरिएको छ । बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमक नगरको भन्दै गाला निलो हुने गरेर कुटेको अभिभावक आशिष काफ्लेले वताए । बच्चाले होमक नगरेको भएका अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिट्न् भनेको शिक्षकको नियत माथी सङ्का गरिएको वताए । उनले भने विद्यालय वाट बच्चा घरमा आउदा उसको गालामा निलो दाग बसेको र गाला सुनियको अवस्था थियो त्यस पछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने पछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको वच्चाका बुवा आशिष काफ्लेले वताए । त्यस पछि आफ्ले ईलाका प्रहरीलाई जानकारी गराएको र वच्चाको मेडिकल चेक समेत गराएको वताए । बच्चाले खान समेत खान नसक्ने अवस्थामा रहेको समेत जानकरी गराएका छन् । उनले भने ‘ यस्ता वच्चा पिट्ने शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले विद्यालय वाट निस्कासन नगरेमा आफुहरुले आन्दोलन गर्ने समेत वताए ।

२२ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech