११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरका क्रिसा कोहलपुरद्धारा खुल्ला छात्रा भलिवल प्रतियोगिता हुँदै

पिपलबाेट संवाददाता


११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा संस्थागत विद्यालयहरु (क्रिसा)ले आयोजना गरेको खुल्ला छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ । क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले रेफरीलाई भलिवल हस्तान्तरण गरेर खेलको शुरुवात गरेका हुन । प्रतियोगितामा १३ संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगीतामा विजय हुने टिमलाई नगद पुरस्कार ,मेडल तथा प्रमाण पत्र को व्यवस्था गरिएको अध्यक्ष सिग्देलले वताए ।प्रतियोगितामा प्रथम पुरस्कार १००००हजार दोस्रो पुरस्कार ७५०० तेस्रो पुरस्कार ५००० र सान्तोना पुरस्कार २५०० पुरस्कारको व्यवस्था गरिएको छ । भलिवल प्रतियोगिता ब्रिज इन्टरनेशनलको खेल मैदानमा शुरु भएको छ । क्रिसा कोहलपुरका अध्यक्षले यस पटक कोभिडको कारणले क्रिसा रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न अनुकुलता नभएको हुदाँ खेलप्रतिको आकषर्ण वढाउनको लागी र खेलकुदको विकासको लागी भलिवल प्रतियोगिता गरिएको अध्यक्ष सिग्देलले वताए ।

२४ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech