क्रिसा खुल्ला छात्रा भलिवल प्रतियोगितामा नमुना प्रथम

पिपलबाेट संवाददाता


११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरिएको खुल्ला छात्रा भलिवल प्रतियोगिताको सम्पन्न भएको छ ।
क्रिसा कोहलपुरको आयोजनामा भएको प्रतियोगितामा नमुना विद्या सदनले प्रथम भएको छ । दोस्रो प्रयत्न मावि, तृतिय दिप ज्योति विद्या निकेटन र सान्तोना रामजानकी मावि विजय भएका छन् । विजय भएका टिमलाई नगद पुरस्कार ,मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै प्रथमले १००००हजार दोस्रोले ७५०० तेस्रोले ५००० र सान्तोनाले २५०० नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता ब्रिज इन्टरनेशनलको खेल मैदानमा भएको थियो । पुरस्कार
वितरण गदै क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले कोहलपुर क्षेत्रमा क्रिसाले खेलकुदको विकासकोलागी लागी परेको वताए । खेलकुद भनेको मानिसलाई स्वस्थ् तथा उर्जासिल राख्ने वताए । कार्यक्रमा प्यावसन बाँके अध्यक्ष यम बहादुर रावतले क्रिसाले गरेको खेलकुद प्रतिको लगानीलाई स्थानिय सरकारहरुले प्रोत्साहन गर्नु पर्ने वताए ।
अहिले कोरोनाका कारण क्रिसा रनिङ शिल्ड प्रतियोगिता आयोजना हुन नसकेको वताए । क्रिसाकाले सवै विद्यालयहरुलाई खेल प्रतिको लाग्न वतावरण वनाएको वताए ।

२४ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech