दाङमा मोटरसाइकल र कार ठोकिदाँ एकको मृत्यु

पिपलबाेट संवाददाता


दाङमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मंगलबार रााति लमही–३ बनगाउँमा मोटरसाइकल र कार ठोक्किंदा एक जनाको मृत्यु भएको हो ।

लमहीबाट भालुबाङ् जाँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकल र भालुबाङ्देखि लमहीतर्फ आउँदै गरेको बा १० च २५८१ नम्बरको कार बनगाउँस्थित पेट्रोल पम्प नजिकै मंगलबार राति आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–१ का २५ वर्षीय नरेन्द्र जिसी प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

२५ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech