सेञ्चुरी बैंकको ११औं वार्षिक उत्सवको अवसरमा रत्तदान

दल बहादुर विसी


सेञ्चुरी कमर्सियल बैंक कोहलपुर शाखाले बैंकको ११औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा २१ पोइन्ट संकलन भएको थियो । कार्यक्रमा कोहलपुर रेडक्रस सोसाईटीले प्रविधिक सहयोग गरेको थियो ।सेञ्चुरी कमर्सियल बैंक कोहलपुर शाखा प्रमुख प्रदिप खरेलले बैंकको ११औं स्थापना दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको वताए ।रक्तदान कार्यक्रमा सहभागि भएर रक्तदान गरेर सहयोग गरेकोमा रक्तदाताहरुलाई खरेलले धन्यवाद दिएका थिए । रक्तदान कार्यक्रमा रगत दान गर्नेहरुलाई प्रमाण पत्र समेत दिएको दिएको प्रमुख खरेलले जानकारी दिए। सेञ्चुरी कमर्सियल बैंकले समाजमा विभिन्न किसिमका समाजिक काम गर्दै आएको र आगामि दिनमा पनि गदै जाने खरेलले वताए ।

२६ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech