सुर्खेत भेरी नदीमा तीन बालबालिका बेपत्ता

पिपलबाेट संवाददाता


शनिबार साँझ करिब ५ बजे भेरीगगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका छन्।नुहाउने क्रममा उनीहरु बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। बेपत्ता हुनेहरुमा भेरीगगा नगरपालिका–११ रामघाटका १० वर्षीया गंगा खड्का, ८ वर्षीया कृष्णा सिजाली र लेकबेंसी नगरपालिका ५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

लेकबेंसी र रामघाटबाट खटिएका प्रहरी र स्थानीयहरुले भेरी नदी दुई तिरबाट हराईरहेका बालबालिकाहरुको खोजी कार्य गरिरहेका छन्। नुहाउने क्रममा बेपत्ता भएका रोजिता थापा र लक्ष्मी पज्भैयाले देखेको प्रहरीले जनाएको छ।

२८ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech