घरेलु महासंघ कोहलपुर देशभरमै उत्कृष्ट शाखा

पिपलबाेट संवाददाता


बाँके जिल्लाको कोहलपुर नगरपालिकामा रहेको घरेलु महासंघ नेपालमै उत्कृष्ट बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर शाखाका अध्यक्ष हेम विक्रम जिसी अध्यक्ष छन् । महासंघका अध्यक्ष लगायत पदाधिकारीहरुले २ वर्षमा नेपालकै उल्कृष्ठ शाखा पुरस्कार प्राप्त गर्ने सफल भएको हो । कोहलपुर नगरपालिकाले कोहलपुर घरेलु महासंघलाई भवन वनाउनको लागी जग्गा उपलव्ध गराएको थियो । उक्त जग्गामा घरेलु महासंघ कोहलपुरले भवन निर्माण गरेको छ । साथै विभिन्न खालका समाजिक कार्य गर्दै आएको महासंघले अध्यक्ष हेम विक्रम जिसिले वताए । कोहलपुरमा २०७६ सालमा घरेलु महोत्सव संचालन गरेर केहि  रकम संकलन गर्न सफल भएको महासंघले त्यहि रकममा सहयोग संगलन गरेर भवन निर्माण गर्ने सफल भएको हुन । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय महाधिवेसनका अवसरमा कोहलपुर शाखालाई उत्कृष्ट शाखाका रुपमा चयन गरीएको हो । देशभरका पालिकाहरुमध्ये आफुनै भवन निर्माण गरि सेवा प्रवाह गर्ने कोहलपुर शाखा उत्कृष्ट हुन सफल भएको हो ।

२८ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech