नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा कोहलपुर आउदै

पिपलबाेट संवाददाता


प्रखरवक्ता , पुर्व मन्त्री , माननीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज मिति २०७८ फाल्गुन ३० गते बिहान ११ बजे कोहलपुर आउने र नगर , प्रदेश ख र क्षेत्र नं १ बाँकेको पार्टी कार्यालय उद्घाटन तथा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम भएका छन् । नेपाली काँँग्रेस बाँके क्षेत्र नं.१को आयोजनामा हुन लागेको चुनावी सभालाई सम्वोधन गर्न आउन लागेका हुन । नेपाली काँग्रेस क्षेत्र नं. १ बाँकेले आयोजना हुन लागेको सभाको पुर्ण तयारी सम्पन्न भएको क्षेत्रीय सभापति पोषण केसीले वताए । महामन्त्री गगन थापाले अहिलेको व्रर्तमाण अवस्थामा एमसिसिको बारेमा आम जनमानसमा त्यसको महत्व र अहिलेको अवस्थामा नेपाललाई हुने फाईदाको वारेमा जानकारी गराउने कार्यक्रम रहेको केसीले जानकारी गराए । उक्त कार्यक्रमा सवै आम नेपाली काँग्रेसका कार्यकत्ता तथा शुभ चिन्तकहरुलाई कार्यक्रमा आउन आग्रह समेत गरेका छन् ।

२९ फाल्गुन २०७८ मा प्रकाशित
Nabintech