शंकर खड्का लगाएत ५८१ जना नेपाली काँग्रेस प्रवेश

पिपलबाेट संवाददाता


कोहलपुर नगर पालिका वडा नं. ५का वडा सदस्य शंकर खड्का पुर्ण नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँँग्रेस क्षेत्र नं. १ बाँकेले आयोजना गरेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन आयोजित बृहत सभा कार्यक्रमको समयमा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको हातबाट टिका ग्रहण गरेर नेकपा एकीकृत समाजवादी परीत्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । यस्तै कोहलपुर नगरपालिका , बैजनाथ गाउ पालिका ,
राप्ती सोनारी गाउ पालिका र ननैनापुर गाँउ पालिकावाट नेकपा एमाले , नेकपा माओवादी ,नेकपा एकीकृत समाजबादी , संघिय समाजवादी र जसपा पार्टि परित्याग गरेर ५८१ जना नेपाली काँग्रेसमा प्रवेस गरेका
छन् ।राप्ती सोनारी वडा नं. ६ वाट १४० र वडा नं. ८ वाट २८ जना नेपाली काँग्रेस प्रवेस गर्ने सवैलाई स्वागत गर्दै नेपाली काँग्रेस जिल्ला सभापति नारायण प्रसाद गौडेलले सवैलाई पाटिले मिलाएर अगाडि वढाउने वताए ।

३० फाल्गुन २०७८ मा प्रकाशित
Nabintech