कोहलपुरमा पाँचौ अन्तर मा.वि मेयर कप रनिङ्ग शील्ड प्रतियोगिता शुरु

पिपलबाेट संवाददाता


“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ पाँचौ अन्तर मा.वि. मेयर कप रनिङ्ग शील्ड खेलकुद प्रतियोगिता २०७८ तथा १४ औं राष्ट्रपति छनौट खेलकुद प्रतियोगिता २०७८ मंगलबार कोहलपुरमा संचालन भएको छ । कोहलपुर नगरपालिकामा रहेका संस्थागत विद्यालय र सामुदायिक विद्यालय गरेर ३१ विद्यालयहरु प्रतियोगीतामा विभिन्न विधामा सहभागी रहेका छन् । प्रतियोगिता उद्घाटन गदै प्रमुख अथिति कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले कोहलपुर नगरपालिकाले खेलकुदको विकासको सधै खेलाडी हरुको साथमा रहेको वताए । लामो समयको कोरोनाका कारण बाल बालिकाहरुले खेल खेल्ने बाताबरण मिल्न नसकेको अवस्थामा यस वर्ष समय गर्मी अवस्थामा भए पनि खेलकुद गर्न लागेकोमा नगर शिक्षा तथा खेलकुद प्रतियोगिता संचालन तथा व्यवस्थापन समायोजन गर्ने क्रिसा कोहलपुरले छोटो समयमा खेलको व्यवस्थापन मिलाएर प्रतियोगिता संचालन गरेकोमा क्रिसा कोहलपुरलाई धन्यवाद समेत दिएका थिए ।
मेयर रावतले कोहलपुर नगरपालिकामा आफ्नो कार्यकाल समाप्त हुदै गर्दा पनि छोटो समयमा खेलकुद प्रतियोगिता संचालन गर्न क्रिसाले गरेको सहयोग प्रति आफु आभारी भएको वताए । कार्यक्रमा मेयर लुट वहादुर रावतले सलामी समेत खाएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्चपास माफत मेयर रावतलाई सलामी दिएका थिए । कार्यक्रमा विभिन्न राजनितिक दलका नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह , नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भुषाल , नेकपा माओवादी का नगर सहसचिव अजुन पौडेल र राप्रपाका नगर अध्यक्ष अजुनजंग शाह अतिथि रहेका थिए । यस्तै कोहलपुर घरेलु महासंघका अध्यक्ष हेम बिक्रम जिसी कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रतिनिधि लगाएतका को उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्यहरु समेत देखाएका थिए । कार्यक्रमा स्वागत मन्तव्य क्रिसा कोहलपुरका अध्यक्ष दिनेश सिग्देलले गरेका थिए भने सभापतित्व कोहलपुर खेलकुद परिषद्का अध्यक्ष राजु तामाङले गरेका थिए । कार्यक्रम संचालन ऋषी शर्माले गरेका थिए । मंगलबार सम्पन भएका विभिन्न खेलहरुमा छात्रा तर्फको ८०० मिटरमा प्रथम कृष्ण माध्यमिक विद्यालय, दोस्रो सानिङ्ग स्टार र तेस्रो गोर्खा यूनाईटेड स्कुल विजय भएका थिए । यस्तै लङजम्प छात्रातर्फ प्रथम त्रिभुवन माध्यमिक विद्यालय, दोस्रो ब्राइटलाईट र तेस्रो जनज्योति पब्लिक स्कुल विजय भएका थिए । र सटफट तर्फ प्रथम त्रिभुवन मावि ,दोस्रो गोर्खा यूनाईटेड स्कुल, तेस्रो डाइनामिक मावि विजय भएका छन् । प्रतियोगिता चैत ३गते सम्म संचालन हुने छ । प्रतियोगिता श्री कृष्णमावि कौशिलानगरको खेलमैदानमा हुदै आएको छ ।

१ चैत्र २०७८ मा प्रकाशित
Nabintech