होलीको शुभकामना आदान प्रदान गर्दै हार्डवेयर व्यवसायी संघको कार्यालय उद्घाटन

पिपलबाेट संवाददाता


कोहलपुर हार्डवेयर व्यवसायी संघले होली पर्वको शुभकामना आदान प्रदान कार्यक्रमसँगै कार्यालय उद्घाटन गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले एक समारोहकाबीच संघको कार्यालय उद्घाटन गर्दै हार्डवेयर व्यवसायीहरुले स्वच्छ प्रतिस्पर्धा गर्दै साझा समस्या समाधानमा संवेदनशील बनेर अगाडी बढ्न सुझाव दिएका छन् । कोरोना महामारीपछि धरासयी बन्दै गएको वाणिज्य क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न ध्यानाकर्षण गराउँदै आएको स्मरण गर्दै वाणिज्य संघ अध्यक्ष पौडेलले व्यवसायीहरुका झन्टटिलो देखिएको कर प्रणाली सुधारमा राज्यलाई व्यवसायीहरुको सहजता अनुकुल हुने वातावरण सिर्जना गर्न गरेको अनुरोधलाई राज्यले सकारात्मक तरिकाले लिएको बताए । यस्तै कार्यालय उद्घाटन तथा होली शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै कोहलपुर उद्योग वाणिज्य संघका महासचिव मातृका सापकोटाले हार्डवेयर व्यवसायीहरुको साझा समस्याबारे
आपूm जानकार रहेको बताउँदै समस्या समाधानमा भूमिका निर्वाह गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । घर तथा भौतिक संरचना निर्माण कार्यमा हार्डवेयर व्यवसायीहरुले सहज रुपमा आवश्यक सामाग्री उपलब्ध गराउँदै गर्दा पनि ठुलो रकमको हिस्सा उधारोमै कारोवार हुने भएकाले व्यवसायीहरुको आर्थिक गतिविधी चलायमान हुन नसकेको बताए । व्यवसायीहरुले सकेसम्म नगदमै कारोवार गर्न सकेको खण्डमा प्रमुख समस्या समाधान हुने उनको भनाई थियो ।
कोहलपुर नगर क्षेत्रमा करिब २ सय बढि व्यवसायीहरुले हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएकोमा १ सय ५० बढि व्यवसायीहरु संघमा संगठित भइसकेको संघका अध्यक्ष कुमार उप्रेतीले बताए । विकास निर्माण र आवसिय प्रयोजनका निम्ति निर्माण हुने संचरनाहरुको ठुलो हिस्सा हामी हार्डवेयर व्यवसायीहरुमै निर्भर रहन्छ । संरचना तयार भइसकेपछि पनि हामीले हाम्रो लगानी उठाउन मुस्किल परिरेहको छ । हामीले यस्ता धेरै साझा समस्याहरुको सामना गरिरहेका छौ । स्वस्च्छ प्रतिस्पर्धालाई आत्मसाथ गर्दै हामी एकताबद्व भएका छौ, अब हार्डवेयर व्यवसायमा रहेका समस्या र चुनौतीको सामाना गर्दै समस्या समाधानमा प्रभावकारी रुपमा हामी अगाडी बढ्ने हार्डवेयर व्यवसायी संघ कोहलपुरका अध्यक्ष उप्रेतीको भनाई छ ।

३ चैत्र २०७८ मा प्रकाशित
Nabintech