दृढ संकल्पका साथ नेपाली काँग्रेस जिताउन सवै क्रियासिल लाग्नु पर्छ ःगिरी

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले दृढ संकल्पका साथ मनैदेखि पार्टीलार्ई अझ मजबुत बनाउने अभियानमा लाग्न आह्वान गरेका छन् । नेपाली कांग्रेस कोहलपुर नगर कार्यसमिति र बुथ सभापतिहरुलाई सम्बोधन गर्दै केन्द्रबाट केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले घर–घर र टोल–टोलमा पुगेर जनतासंग साक्षात्कार गर्न निर्देशन दिएका हुन् । ‘घर–घर जाउँ–कांग्रेस जिताऔं’ अभियानलाई सार्थक बनाउन जनताको घरदैलोमा पुगेर संवाद गर्न जरुरी रहेको बताउँदै उनले यो अभियानलाई सफल बनाउन टोल र वडाका नेता कार्यकर्ताहरुको अहम् भूमिका हुने उल्लेख गरे । “संकल्प बोकेर घर–घरमा पुग्नुस्, कोहलपुरलाई नेपाली काँग्रेसको गढ को रुपमा अगाढि वढाउन अझ सुदृढ बनाउनुस्, जनतालाई भन्नुस् कि कांग्रेस मुलुक बचाउने पार्टी हो, हामीलाई रक्षा गर्ने पार्टी यही हो, घरघर पुगेर एमसीसीको बारेमा भन्नुस्, यसका बारेमा अन्योलमा पर्नुपर्ने कुनै कारण छैन, यो एउटा विकासे प्रोजेक्ट मात्र हो भन्ने कुरा जनतालाई बुझाउनुस्,“ गिरीले भने, “कोहलपुरको संगठन अझ माथि उठाउनुस्, कोहलपुर उठ्यो भने हामी जिल्लामा कहीँ पनि हार्दैर्नौ, कोहलपुर जाग्यो भने सबै जिल्ला जाग्छ ।किन भने कोहलपुर जिल्ला सभापति ,उप सभापति ,सचिव प्राप्त गरेको नगरहो । “अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीले सञ्चालन गरेको एक महिने चुनाव लक्षित अभियानलाई सफल बनाउन टोलदेखि नै सक्रिय भूमिका निभाउन आह्वान गरे । जिल्ला सभापति नारायणप्रसाद गौडेलले पार्टीको अभियानलाई सफल बनाए मात्र निर्वाचनमा सफलता हासिल गर्न सकिने भन्दै अभूतपूर्व एकता र उत्साहका साथ लाग्न सबैलाई आह्वान गरे । कोहलपुर नगर सभापति विरेन्द्र शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला सभापती नारायण प्रसाद गौडेलले नेपाली काँग्रेस लाई जिताउन सवै नेपाली काँग्रेसका क्रियासिल सदस्यहरु आ–आफ्नो गाँउ टोल मा लाग्न आवश्यक भएको वताए । पटिले चुनाव जित्ने योग्य उमेदवारलाई उमेदवार वनाउन सवै ठाउ वाट सवै लाग्नु पर्ने वताए । यस्तै कार्यक्रमा प्रदेश सदस्य टेकनाराण भुसाल , अन्जना धिताल, क्षेत्रिय सभापति क्षेत्र नं. १ का पोषण केसी,जिल्ला उपसभापति कृष्णबहादुर कार्की, सचिव सञ्जु कुमारी चौधरी, महासमिति सदस्य पुर्ण प्रसाद आचार्य , महाधिवेनस प्रतिनिधि भानुभक्त भट्टराई , प्रदेश ‘क’ सभाति लक्ष्मण थारु , ‘ख’ सभापति बलराम शर्मा ,लगायत कोहलपुर नगर कार्यसमितिका पदाधिकारी, सदस्य तथा बुथ सभापतिहरुको उपस्थिती रहेको थियो । त्यसअघि पनि पार्टी कार्यालयमै भातृ तथा शुभेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधिसँगको छलफलमा पार्टीले सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन केन्द्रीय सदस्य गिरीले आह्वान गरेका छन् ।कार्यक्रमा नेकपा एमाले परित्याग गरेर कोहलपुर नगरपालिका वडा नं. ६ कि सुशिला कुवँर नेपाली काँग्रेसमा प्रवेस गरेकी छिन् । केन्द्रिय सदस्य दिपक गिरीले टिका ,माला र साधारण सदस्यता प्रदान गरेर पर्टि प्रवेश गराएका हुन ।

३ चैत्र २०७८ मा प्रकाशित
Nabintech