कोहलपुर मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि गोरखालाई

पिपलबाेट संवाददाता


“स्वास्थ्यका लागी खेलकुद  राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ पाँचौ अन्तर मा.वि. मेयर कप रनिङ्ग शील्ड खेलकुद प्रतियोगिता २०७८ तथा १४ औं राष्ट्रपति छनौट खेलकुद प्रतियोगिता २०७८ मंगलबार कोहलपुरमा गोरखा यूनाईटेड स्कुल कोहलपुरले हात पारेको छ । प्रतियोगितामा दोस्रो त्रिभुवन नमुना मावि र तृतिय ग्रीन पिस मावि भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई प्रमाण पत्र ,मेडल र शिल्ड सहित नगर ५१हजार , दोस्रोहुने लाई नगर ३१हजार सहिद प्रमाण पत्र, मेडल र शिल्ड रहेको छ । यस्तै तृतिय हुने विद्यालयले २१हजार नगर सहिद प्रमाण पत्र, मेडल र शिल्ड प्राप्त गरेका छन् । कार्यक्रमा पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रमा कोहलपुर नगरपालिकाका मेयर लुट वहादुर रावतले सवै विद्यालयहरु सहभागी भएर खेलकुद प्रतियोगिता सम्पन गरेकोमा क्रिसा कोहलपुरलाई धन्यवाद प्रदान गरेका थिए । मेयर रावतल कोहलपुरको खेलकुद विकासको लागी यो प्रतियोगिताले महत्व पुर्ण भुमिका निर्वाह गर्ने वताए । गत वर्ष कोरोनाका कारण हुन नसकेको खेल यस वर्ष गर्न आफुहरु सफल भएको वताए । विद्यालयमा शिक्षाका साथै खेलकुदको विकास गर्नु पने अहिलेको आवश्यकता रहेको वताए । खेलकुदमा विद्यार्थीहरु जहिले पनि लगनशिल र इमान्दारिता हुन्छ उने भने । त्यस् कारण पनि खेल्कुदको महत्व धेरै रहेको वताए । कोहलपुर नगरपालिकाले मेयर कप र उप मेयर कप गरेर वर्षमा दुई वटा प्रतियोगिता गदै आएको वताए । यसले कोहलपुर क्षेत्रको खेलकुदको पुर्ण विकासमा महत्व पुर्ण हुदै गएको वताए । प्रतियोगितामा क्रिसा कोहलपुरले प्रतियोगिताको व्यवस्थापनको जिम्मा दिएको थियो । गोरखा यूनाईटेडले लगातार चौथो पटक रनिङ्ग शिल्ड प्रतियोगिताको विजेता हुदै आएको छ । कोहलपुर नगरपालिकामा रहेका संस्थागत विद्यालय र सामुदायिक विद्यालय गरेर ३१ विद्यालयहरु प्रतियोगीतामा विभिन्न विधामा सहभागी भएका थिए ।

३ चैत्र २०७८ मा प्रकाशित
Nabintech