पसल चोरीमा संलग्न नावालकहरु पक्राउ

पिपलबाेट संवाददाता


इलाका प्रहरी कार्यालय कोहलपुरले रातीको समय मोवाईल पसल चोरी गर्ने नवालक पक्राउ गरेको छ । यहि चैत १ गते बुधबार राति ३ वजेको समयमा कोहलपुर नगरपालिका वडा नं. ११ बसर्पाकमा रहेको सुमन एण्ड भरत मोवाईल सेन्टरवाट विभिन्न मोवाईल सेट सहित अन्य ईलेक्टोक्सि समानहरु चारी गर्ने चोरहरु प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालका अनुसार चारी गर्ने कोहलपुरका १४र १५ वर्षका बच्चा रहेको वताए । उनिहरुलाई ईलाका प्रहरी कार्यालयले पसलमा जडान गरिएको सिसि टिभी फुटेजका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख खनालले वताए ।उनिहरुको साथवाट एरफोन ५थान ,चार्जर ३ थान ,घडी २ थान , मेमोरीकार्ड ४ थान , लाभा कम्पनिको सादा मोवाईल सेट ३ थान , ओपो कम्पनिको मोवाईल १ थान स्पिकर १ र पेनड्रईभ १थान प्रहरीले पक्राउ गरेको छ । कोहलपुर वजार क्षेत्रमा सिसि टिभि क्यामरा जडान गरेमा प्रहरीलाई यस्ता चोरीमा सहभागि हुने हरुलाई पक्राउ गर्न सहज हुने छ । तर कोहलपुर उद्योग बाणिज्य संघ र कोहलपुर नगरपालिकाले कोहलपुरमा सिसि क्यामरा जडान गर्न भन्ने विषय वेला वेलामा कुरा उठाए पनि अहिले यो कुरा गर्न छाडेका छन् ।

३ चैत्र २०७८ मा प्रकाशित
Nabintech