नेपाली काँग्रेस जिताउ अभियानमा लाग्न बाल्मिकीको आग्रह

पिपलबाेट संवाददाता


‘घर–घर जाउँ–कांग्रेस जिताऔं’ अभियानलाई सार्थक बनाउन जनताको घरदैलोमा पुगेर संवाद गर्न जरुरी रहेको बताउँदै उनले यो अभियानलाई सफल बनाउन टोल र वडाका नेता कार्यकर्ताहरुको अहम् भूमिका हुने उल्लेख गरे नेपाली कांग्रेस क्षेत्र नंं. १को आयोजना गरेको क्षेत्रिय प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले घर–घर र टोल–टोलमा पुगेर जनतासंग साक्षात्कार गर्न निर्देशन दिएका हुन् । संकल्प बोकेर घर–घरमा पुग्नुस्, क्षेत्र नं. १लाई नेपाली काँग्रेसको किल्ला रुपमा अगाढि वढाउनुहोस् अझ सुदृढ बनाउनुस्, जनतालाई भन्नुस् कि कांग्रेस मुलुक बचाउने पार्टी हो, हामीलाई रक्षा गर्ने पार्टी यही हो, घरघर पुगेर एमसीसीको बारेमा भन्नुस्, यसका बारेमा अन्योलमा पर्नुपर्ने कुनै कारण छैन, यो एउटा विकासे प्रोजेक्ट मात्र हो भन्ने कुरा जनतालाई बुझाउनुस्, बाल्मिकीले भने, कोहलपुरको संगठन अझ माथि उठाउनुस्, कार्यक्रमा जिल्ला सभापति नारायणप्रसाद गौडेलले पार्टीको अभियानलाई सफल बनाए मात्र निर्वाचनमा सफलता हासिल गर्न सकिने भन्दै अभूतपूर्व एकता र उत्साहका साथ लाग्न सबैलाई आह्वान गरे । यस्तै कार्यक्रमा प्रदेश सदस्य टेकनाराण भुसाल , क्षेत्रिय सभापति क्षेत्र नं. १ प्रदेश क सभापति लक्ष्मण थारु ख सभापति बलराम शर्मा जिल्ला उपसभापति कृष्णबहादुर कार्की, सचिव सञ्जु कुमारी चौधरी, महासमिति सदस्यहरु , महाधिवेनस प्रतिनिधिहरु , पूर्व क्षेत्रिय सभापति माधव राम खत्री, पूर्व जिल्ला सचिव तप्त पौडेल लगायत को सहभागिता रहेको थियो कार्यक्रमको सभापतित्व क्षेत्रिय सभापति पोषण केसीले गरेका थिए । कार्यक्रम संचालन सचिव सुमन पौडेलले गरेका थिए ।

६ चैत्र २०७८ मा प्रकाशित
Nabintech