तक्षशिला मनायो विश्व मुख स्वास्थ्य दिवस

पिपलबाेट संवाददाता


कोहलपुरमा मार्च २० अर्थात विश्व मुख स्वास्थ्य दिवस एक कार्यक्रमका बीच मनाइएको छ । नेपाल डेन्टल एसोसियसन बाँकेको आयोजना र कोहलपुरमा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था तक्षशिला एकेडमी बाँकेको व्यवस्थापनमा विधालय स्तरीय हाजिरिजवाफ प्रतियोगिता र दन्त सुरक्षा सम्बन्धि प्रर्दशनि कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिव ५०० वढी सहभागि र ३५ प्रतियोगि को सहभागिता रहेको थियो । तक्षशिला एकडेमी बाँकेका नि.प्रिन्सिपल चिरायु मान बि.क.को अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष बिष्णु वेलवासे, स्कुल चिफ खोपीराम वली, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्करनाथ रिजाल, नेपाल डेन्टल एशोसियसन बाँकेका अध्यक्ष डा. विश्वनाथ चौधरी लगायतले मुखको सरसफाई अनिवार्य गर्न सुझाव दिए । उनीहरुले स्वस्थ्य रहनको लागि मुखकका साथै समग्र स्वास्थको हेरचाह गर्न आग्रह गरे । अभिभावकले आफ्नो र आफ्नो शिशु/बालबालिकाको व्यक्तिगत सरसफाई दैनिक गर्ने कामहरू मध्येको प्रमुख कामका रुपमा लिनु पर्ने उनीहरुको धारणा थियो । मुखको सरसफाई गर्नाले बालबालिका विभिन्न रोगको संक्रमण हुनबाट बच्ने बोर्यक्रममा सहभागिहरुले बताएका थिए ।

 

 

 

७ चैत्र २०७८ मा प्रकाशित
Nabintech