शिव शक्ति आधारभुत विद्यालयको दुई कोठे भवनको शिलन्यास

पिपलबाेट संवाददाता


शिव शक्ति आधारभुत विद्यालयको दुई कोठे विद्यालय भवनको शिलन्यास भएको छ ।कोहलपुर नगरपालिका वडा नं. २ प्रेम नगरमा नेपाल सरकारको विशेष अनुदान मार्फत निर्माण हुन लागेको विद्यालय भवनको शुक्रबार एक कार्यक्रमका विच कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट वहादुर रावतले शिलन्यास गरेका हुन ।शिलन्यास गदै नगर प्रमुख रावतले कोहलपुरलाई शिक्षाको हवको रुपमा विकास गर्न को लागी नगरपालिकाले सवै विद्यालयहरुको विद्यालय भवनहरु राम्रो र नया वनाउन लागेको वताए । अहिले कोहलपुर नगरपालिकामा भैरेहेका विभिन्न निर्माण कार्य गलत मान्छेको ठेका परेकाले नै समयमा निर्माण हुन नसको को वताए । उनले भने ‘आफुले राम्रो काम गर्नेलाई निर्माण व्यवसाय र नराम्रो काम गर्नेलाई ठक दार को शव्दले सम्वोधन गर्ने ’गरेको वताए । कोहलपुर नगरपालिकाले समयमा काम गर्ने निर्माण व्यावसायहरुलाई सम्मान गर्ने र समयमा काम नगरर्ने निर्माण व्यावसायलाई कालो सुचिमा राख्ने समेत कार्य गर्ने
रावतले वताए । यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले विद्यालयको भवन समयमा निर्माण गर्न निर्माण ठेकेदार कम्पनीलाई आग्रह गरे उनले भने – ‘ विद्यालय निर्माणको लागी आएको वजेट नेपाल सरकारको संघिय मन्त्रालयको अनुदान रकम हो’ यो रकम समयमा काम सम्पन नभएमा वजेट फ्रिज भएर जाने हुन्छ त्यस कारण समयमा निर्माण काम गर्ने र गराउन सवै लाग्नु पर्ने वताए ।

यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका वडा नं. २का वडा अध्यक्ष कर्ण वहादुर विसिले विद्यालयले अहिले राम्रो काम गर्न सक्ने शिक्षक प्राप्त गरेको छ । यस कारण यस विद्यालयले यसै वर्ष दुई वटा भवन निर्मान गर्न लागेको वताए । समयमा विद्यालयको काम सम्पन गर्ने बसन्त निर्माण सेवा प्रा.लि. लाई आग्रह गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष झुमलाल सुनारले आफुहरुले विद्यालयको जमिन वचाउन धेरै संघष गरेको र ४ विगाह वाट अहिले जम्मा १० कट्ठा मात्र विद्यालयको जमिन वचाउन सफल भएको वताए ।
अहिले विद्यालयले आफ््ना भवन निर्माण गदै गएकाले अतिक्रमन रोकिएको समेत जानकारी गराए । यस विद्यालयलाई नगरको एक मावि विद्यालयको रुपमा विकास गर्ने आफुहरुको चाहाना भएको वताए ।

यस्तै विद्यालयका प्र.अ बद्रि नाथ सापकोटाले नेपाल सरकार को विशेष अनुदान ५८ लाख रकम आएको र विद्यालय भवन वनाउन टेण्डर आभान गर्दा ३८लाख ६७ हजार ६ सय १९ मा विद्यालयको भवन निर्माण हुन लागेको वताए ।यस टेण्डरबाट बचेको रकमले विद्यालयको प्रखाल निर्माण गरिने वताए । सापकोटाले भने आफु यस विद्यालयमा आउदा यस विद्यालयमा ९९ जना विद्यार्थीहरु मात्र थिए । अहिले यस विद्यालयमा आफुहरुले अग्रेजी माध्याम वाट पठन पाठन गर्न सुरु गरेदेखि विद्यालयमा हलिे २५६ जना विद्यार्थीहरु पठन पाठन गदै आएको वताए ।

विद्यालयको भौतिक अवस्था पनि नाजुग रहेको थियो । आफु आए देखि विल्डअन नेपाल धनगढीको आर्थिक सहयोग २८ लाख र कोहलपुर नगरपालिकाको ७ लाख सहयोग बाट ३ कोठाको विद्यालय भवन निर्माण गर्न सफल भएको वताए ।आफु विद्यालय को भौतिक सुधार र शैक्षिक सुधारको लागी लागी पर्ने समेत वताए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार वस्नेतको सभापतित्वमा कार्यक्रम भएको
थियो ।

११ चैत्र २०७८ मा प्रकाशित
Nabintech