हरियाणा र न्यु डायमन्डको जित

पिपलबाेट संवाददाता


आठौं सगरमाथासिमेन्ट प्रधानमन्त्रीकपअन्तर्राष्ट्रिय आमन्त्रण महिलाभलिबलप्रतियोगिताको दोस्रो दिनशुक्रवार भारतीय टिम हरियाणा स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमीले जितहासिल गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमाहरियाणाले नेपालपुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो ।निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । पुलिसकी कोपिला रानाप्लेयर अफ द म्याच घोषित भइन् । उनलाई एन्फाकापुर्व मानार्थ उपाध्यक्षगोवद्र्धनसिंह सम्झना, क्षेत्रीय खेलकुदकार्यालय प्रमुख महेश शाह, बाँके प्रहरी प्रमुखएसपीश्यामकृष्ण अधिकारीले पुरस्कृत गरे ।
पहिले लगातार दुई सेट गुमाएको हरियाणाले तेस्रो सेटदेखि लय समात्न सफलभयो । रेलवे टिमका खेलाडी सम्मिलित हरियाणाले पुलिस विरुद्ध जितनिकाल्ननिकै मेहनत गरेको थियो । खेलपछि हरियाणाका प्रशिक्षक सुरेन्द्र सिंहले च्याम्पियनबन्ने उद्देश्यका साथ नेपालगन्जआएको बताए । सुरुमातालमेल मिल्नगारो भएपनि तेस्रो सेटदेखि खेलाडीहरु ऋाफ्नो लयमाफर्कन सफलभएको उनले बताए । पुलिसकाप्रशिक्षक रुपेश बिष्टले खेलाडीको प्रदर्शनमाआफु सन्तुष्ट रहेको बताए । त्यसैगरी दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स(छत्तीसगढ)लाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यु डायमन्ड एकेडेमीकी रीमाकुवँर प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई पुर्व खेलाडी निरक गुरुङ, इसाकाअध्यक्ष डिबी तामाङ र पत्रकार महासंघ उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे । लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिनशनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोटर््स क्लबतथात्रिभुवनआर्मी क्लब विरुद्ध एकलब्य स्पोटर््स कम्प्लेक्सले खेल्नेछ ।

नेपालीभलिबलको सर्वाधिकधनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्तगर्नेछन् । प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपालपुलिस क्लब, दोस्रोमाएपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमाएपीएफ, छैटौंमापुलिस र सातौंमाएपीएफच्याम्पियन बनेका थिए । एपीएफप्रतियोगितामाअनुपस्थित छ ।

११ चैत्र २०७८ मा प्रकाशित
Nabintech