नेपाली काँग्रेस वडा नं. १० को भेला सम्पन्न

पिपलबाेट संवाददाता


‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तर्गत् बाँकेको कोहलपुर १० मा आईतबार वडा भेला गरिएको छ । वडा सभापति मेघनाथ भट्टराईको सभातित्व एवम् लुम्बिनी प्रदेश सदस्य टेक नारायण भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे,नेपाली काँग्रेसका नारायण सिग्देल , पूर्व जिल्ला सचिव तप्त पौडेल , जिल्ला सदस्य गौरा भट्टराई , निरज चलाउने , नगर सभापति विरेन्द्र शाह ,प्रदेश ख सभापति बलराम शर्मा , महासमिति सदस्य
फुलाराम थारु , चिन्तामणी धिताल , पुर्ण आचार्य , द्रोपती वली, महाधिवेशन प्रतिनिधि भानुभक्त भट्टराई , जनजाति जिल्ल सभापति राजेन्द्र श्रेष्ठ , ट्रेड युनियन कोहलपुर सभापति बद्रि नाथ सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने सवै जनाले नेपाली काँग्रेसले चुनावमा पराजय भएकाले अहिले जनता र नेपाली काँग्रेसका कार्यकर्ताले दुख पाउने गरेको वताए । अहिले बैशाख ३० गते हुन लागेको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फ वाट उमेदवार बनेका सवै उमेदवारहरुलाई निर्वाचनमा विजय वनाउन सवै गाँउ, टोल र वस्ती बाट सवै लाग्नु पर्ने
धारणा राख्यका थिए । यस्तै एकता नगर टोल समितिको सम्पर्क कार्यालय उद्घाटन समेत
गरेका थिए । उद्घाटन नेपाली काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुषालले रिवन काटेर उद्घाटन गरेका थिए ।

१२ चैत्र २०७८ मा प्रकाशित
Nabintech